• बिहीबार-असार-२०-२०८१

कांग्रेस- एमाले सहमतिपछि बालेनको टिप्पणी- यो समय गिरिबन्धु चियाको हो !

 

काठमाडौं । काठमाडौँ महानगरका मेयर बालेन शाहले कांग्रेस- एमालेको गठबन्धन बनेपछि गिरीबन्धु चिया प्रकरणमा व्यंग्य गरेका छन् ।

 

सामाजिक सञ्जालमा टिप्पणी गर्दै बालेनले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले चिया पिएको तस्बीरसँगै यो गिरिबन्धु चियाको समय हो भनेका छन् ।

 

उनले भनेका छन्- 'यो समय गिरिबन्धु चियाको हो । काले काले मिलेर खाऊ भाले ।'

 

गिरीबन्धु टी-स्टेट प्रकरणमा सर्वोच्चको फैसलापछि बालेनले ओली नेतृत्वको सरकारले अर्बौंको नीतिगत भ्रष्टाचार गरेको भन्दै आवाज उठाइरहेका छन् ।   

 

 

प्रतिकृया दिनुहोस