• शनिबार-श्रावण-१२-२०८१

युक्रेनको सुमी क्षेत्रमा रूसी पकड रहेको राष्ट्रपति जेलेन्स्कीद्वारा अस्वीकार

 

किएभ, युक्रेन, २८ जेठ (रासस/एएफपी) : युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोमबार रूसी सेनाले पूर्वी सुमी क्षेत्रको एउटा गाउँ कब्जा गरेको कुरा अस्वीकार गर्नु भएको छ ।

 

रूसी कब्जामा रहेको चेचेन रिपब्लिकका नेता रमजान कादिरोभले आइतबार रूसी सेनाले सुमीमा मस्कोको सेना अगाडि बढेको बताएका थिए । उनले सीमावर्ती गाउँ रिजिभ्का कब्जा गरेको बताएका हुन् ।

 

रुसको रक्षा मन्त्रालयबाट तत्काल कुनै टिप्पणी नआएको बताउदै एक स्थानीय युक्रेनी अधिकारीले कादिरोभको दावीलाई अस्वीकार गरेका छन् । जेलेन्स्कीले सुमीमा युक्रेनी सेनाहरू ‘पूर्ण नियन्त्रणमा’ रहेको र त्यहाँ सक्रिय रूसी समूहहरू पछि हटिसकेको बताउनुभयो ।

 

“रिजिभ्का गाउँको विषयमा कब्जा गर्नेले त्यहाँ एक प्रचार अभियान लागू गर्ने प्रयास गरी गाउँमा रूसी झण्डा नष्ट गरेपनि त्यहाँ कुनै बासिन्दाको उपस्थिति नभएको जेलेन्स्कीले सामाजिक सञ्जालमा एक विज्ञप्तिमा उल्लेख गर्नुभयो । 

 

उहाँले औद्योगिक डोनेट्स्क क्षेत्रको लडाइँ ‘सबैभन्दा गाह्रो’ भएको र युक्रेनी सेनाले त्यहाँ आफ्नो स्थिति स्थिर गर्न सम्भावित सबै उपाय अपनाएको बताउनुभयो । सुमी युक्रेनको उत्तरी सीमामा अवस्थित छ र सन् २०२२ मा द्वन्द्व सुरु भएदेखि यहाँ रूसले कुनै ठूलो जमिनी आक्रमण गरेको छैन ।

 

कादिरोभले आफ्ना लडाकूहरूले ‘अन्य रूसी  सैनिक एकाइसँग मिलेर रणनीतिक कारबाही गरेको र दुश्मनबाट अर्को बस्ती मुक्त गरेको उहाँले सामाजिक सञ्जाल मार्फत जानकारी गराउनुभयो । ठुलो मात्रामा नियोजित आक्रामक कार्यको परिणाम स्वरूप, युक्रेनी पक्षले महत्त्वपूर्ण क्षति बेहोर्यो र पछि हट्न बाध्य भएको उहाँले  बताउनुभयो । 

 

स्थानीय नगरपालिकाको युक्रेनी प्रमुख युरी जार्कोले रिजिभ्कालाई पक्राउ गरिएको कुरा अस्वीकार गर्दै राज्यको प्रसारक संस्था सुस्पिल्नलाई गाउँमा कुनै रूसी सेना नभएको बताउनुभयो । जेलेन्स्कीले गत महिना रुसले उत्तरी सीमामा सेना जम्मा गरिरहेको र नयाँ आक्रमण हुन सक्ने चेतावनी दिनुभएको थियो ।  


रूसी आक्रमणको बढ्दो जोखिमलाई उद्धृत गर्दै अधिकारीहरूले गत महिना सुमी क्षेत्रका केही सीमावर्ती सहर र गाउँहरूमा बसोबास गर्ने बासिन्दाहरूलाई सुरक्षित स्थलमा जान निर्देशन दिएका थिए । 

 

रूसले छिमेकी खार्किभ क्षेत्रमा मे १० मा ठूलो स्थल अभियान सुरु गरी किएभको सेनालाई श्रमशक्ति र गोलाबारुदको अभाव भएका समय धेरै सहर र गाउँहरू कब्जा गरेको थियो । 
- - -
 

प्रतिकृया दिनुहोस