“हजारौँ योद्धाहरु माथि विजय प्राप्त गर्न सहज हुन्छ तर जसले आफैँमाथि विजय प्राप्त गर्छ उही नै साँच्चिकै विजयी हो”-(भगवान बुद्ध) ।
(१) सामाजिक सुधार तथा जनचेतनामूलक नाटकमा समेत अभिनय गर्नुभएका साहित्य सम्बद्ध सङ्घ/संस्थाहरुको सदस्य भारतको मध्यप्रदेश ईसागढ् जिल्लाको अशोकनगर पाटई पोष्ट धुर्रा तहशील निवासी भानु प्रकाश रघुवंशी १ जुलाई ई.सं.१९७२ मा जन्मिएर मानविकी हिन्दीमा स्नातकोत्तर गरेर विभिन्न पत्रपत्रिकालगायत साहित्य धरा एकेडेमीबाट ‘जीवन राग’ एवं न्यू वर्ल्ड पब्लिकेशनबाट सङ्कलित कविताहरुको संग्रह गरिएका छन् ।
ती ‘समकाल की आवाज’ सहित दशवटा सामूहिक काव्य संग्रहमा कविताहरु लगायत अंग्रेजी, उर्दू, पञ्जाबी, गुजराती र नेपाली भाषामा कविताहरु अनुवाद भएर प्रकाशित भएका छन् । साथै आकाशवाणी र अन्य मञ्चबाट काव्य पाठको प्रसारण समेत भएका थिए,पर्या-साहित्यमा पनि उहाँ कलम चलाउनु हुन्छ ।
प्रकाशनको तयारीमा रहेको कविता संग्रहबाट ‘वह जानता था यह बात’ शीर्षकको एक हिन्दी कविता २२ मे ई.सं.२०२४ का दिन आफ्नो सामाजिक सञ्जालको भित्तामा साझा गर्नु भएको थियो । उक्त कविता भारतीय राजनीतिक-आर्थिक-सामाजिक परिवेशमा लेख्नु भएपनि सान्दर्भिक लागेर उहाँसँग छलफल पश्चात नेपालीमा भावानुवाद गरेको छु ।
(१क) ‘उहाँ यो कुरा जान्नु हुन्थ्यो’
उहाँ चाहनु हुन्थ्यो कि
म रात्रिलाई दिउँसो भनौँ
विचार गरेँ भन्दैमा के जान्छ र
मैले रात्रिलाई दिउँसो भन्न थालेँ ।
उहाँले भन्नु भयो म अँध्यारोलाई
उज्यालो जस्तो गरेर बखान गरौँ ।
उहाँ जे जे म बाट चाहनु हुन्थ्यो
म त्यही त्यही सबै गर्दै गएँ ।
अब म सत्यदेखि कोसौं टाढा उभिएको छु
उहाँले बुन्नु भएको जालमा किरा जस्तै फसेको छु ।
पहिले म लाटो भएँ
रातलाई रात नै भन्न नसक्ने गरी,
अब त बहिरो पनि भएको छु,कुनै आवाज मसम्म पुग्दैन ।
मानिसलाई बिचार शून्य बनाएर, बर्षौँसम्म गरिन्छ शासन
उहाँ यो कुरा जान्नु हुन्थ्यो ।
(२) भारतका जनपक्षीय साहित्य लेखक प्रमोद बेडियाका कविताहरु नेपालीमा समेत अनुवाद भएका छन् । ‘पृथ्वी पर पानी की तरह’,‘शहर मेँ कविता’,‘एक सदा आती तो है’,‘जीवन से उधार’ जस्ता हिन्दी साहित्यका पुस्तक उहाँका प्रकाशित भएका छन् । सामाजिक सञ्जालमा उहाँका हरेक दिन जसो कविताहरु साझा गरिएका हुन्छन् । अनुकूल मिलेमा एवं कसैले प्रकाशनको इच्छा गरेमा लेखेर घरमा थन्क्याएका र केही सामाजिक सञ्जालमा साझा गरेका रचनाहरु पछि संग्रह पुस्तकमा आउन सक्छन् भन्ने विचार मसँग उहाँले ब्यक्त गर्नु भएको थियो ।
१७ मे ई.सं.२०२४ मा उहाँले आफ्नो सामाजिक सञ्जालमा साझा गर्नुभएकको ‘कविता का प्रदेश’ शीर्षकको कविताले भारतीय वर्तमान सामाजिक स्थितिको साथै देश नबुझी के लेख्नु भन्ने भाव सहित साहित्यकारहरु समाज-देशप्रति जिम्मेवार हुनुपर्ने सन्देश दिनुभएको छ, उक्त कविता मैले भावानुवाद गरेर प्रस्तुत गरेको छु ।
(२क) ‘कविताको प्रदेश’
दिल्लीले मलाई फिर्ता पठाई दियो
टुटेफुटेको-जोडेको घुँडासँग रेलबाट फर्किन
जान नसक्ने भएपछि, विमानस्थलमा जहाज
समात्नको लागि उभिरहेको छु
भाग्यले मेरो नाति मसँग नै थियो
आधुनिक छ, फिट छ, टञ्च छ
अन्यथा बोर्डिङ्गको झन्झटबाट त, म पार नै लाऊन सक्दिन थिएँ
त्यसमाथि टिकटको पैसा बेकारमा खेर जान्थ्यो
सम्पादकले पनि यही भन्नु भयो मलाई
यति थोरै बुझेर, कविता कसरी लेखिन्छ
देशमा कति कति के के भैरहेको छ
तपाईंलाई त यो पनि थाहा छैन होला कि
एउटा नाम चलेको प्रान्तमा थानेदारको हत्या कसरी भयो
सदाचारी कुन थियो, त हिन्दु कुन
मुसलमान चाहिँ कुन, तपाईं यहाँबाट एक्लै कतै जान सक्नु हुन्न
त दिल्लीलाई कसरी बुझ्नु हुन्छ, र दिल्लीलाई नबुझीकन
देशलाई कसरी बुझ्नु हुन्छ, देशलाई बुझ्दै नबुझीकन
कविता कसरी लेख्नु हुन्छ
म, नातिसँग हवाई जहाजमा
आतङ्कित-झैँ भएर बसेको छु, पहिलोपल्ट हवाई जहाज
मा चढेर, पहिलोपल्ट दिल्ली पुगेर फर्किंदै गरेको
अति हिनताबोध भएर भोग्दै छु
युग मेरो आँखाबाट ओझल कति बदली सक्यो
र म, आफ्नो लोसे जस्तै शहर, जसलाई पुरुलिया भन्छन्,
को एउटा कुनामा पुरै जीवन ब्यतित गर्दै
कविता लेखौँला भनेर सोचेको थिएँ
आफैँलाई भनेँ-धिक्कार छ तिमीलाई
तिमीले दिल्ली देखेनौ, उत्तर प्रदेश देखेनौ
अरु त कुरा तिमी आफ्नो शहरको बजारसम्म पनि हिडेर
जान सक्दैनौ, तिमीले कविता कसरी लेख्छौ, धिक्कार छ तिमीलाई
सम्पादकजीले सही कुरा नै गर्नु भएको रहेछ ।
(३) र, अन्त्यमा भारतका वरिष्ठ साहित्य लेखक दीपक कन्दर्पको रचनालाई गोपालजी नन्दलालजीले हार्मोनियममा सङ्गीत दिएर पद्मधर झाले २२ मे ई.सं.२०२४ मा गाउनु भएको चर्चित गजलको केही पंक्ति र भारतकी साहित्यकार सीमा विजय वर्गीयाले बुद्ध जयन्तीका दिन आफ्नो सामाजिक सञ्जालमा साझा गर्नुभएको दुई पंक्ति समेत प्रस्तुत गर्दछु ।
“ जाने क्या हुआ वो हँसता नहीँ है । मुहब्बतका इजहार करता नहीँ है । दुनिया समझ ती है खुश हूँ बहुत मैँ । मेरा दर्द कोही समझता नहीँ है । किसी आरजु मेँ जीय जा रहा था । अब दिल कोही आह भरता नहीँ है । बहाने बहुत है जमाने मेँ । मेरा मन किसीसे बहलता नहीँ है । भमर मेँ फसा मेरी कश्ती जरूरी । सुना जो फसा वो निकलता नहीँ है ”(दीपक) ।
“दुनिया को तुम जीत लो, कितने ही कर युद्ध ।
जो अपने को जीतते,वो हैँ गौतम बुद्ध ।।”(सीमा) । ’
बुद्ध पूर्णिमा-नेपालको लुम्बिनीमा जन्मिनु भएको भगवान बुद्धको जन्म जयन्ती तथा उभौली पर्वको उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना ! बुद्धम् शरणम् गच्छामी,धम्मम् शरणम् गच्छामी,सङ्घम् शरणम् गच्छामी ।
(प्रतिकात्मक छविचित्र श्रेय : बुद्धको प्रतिमासँग बालक,सचेत भारतीय नागरिक सानीआरा खानको सामाजिक सञ्जाल २३ मे ई.सं.२०२४,बुद्ध जयन्ती) ।
प्रतिकृया दिनुहोस