• मंगलबार-बैशाख-१८-२०८१

हृदयको समस्याबारे जानौं

 

जंक फुडको अधिक सेवन र शारीरिक अभ्यासको कमीले हृदयसँग सम्बन्धित समस्याको जोखिम बढाउँछ । हृदयको समस्याका कारण शरीरको अन्य भागमा समेत समस्या हुनसक्छ । टाउको दुख्ने र बेचैनी हुने हृदयको रोगको सामान्य लक्षण हुन् । 


–छातीमा समस्या भएमा छातीमै दुखाई सुरु हुन थाल्छ । गर्मीको तुलनामा जाडो महिनामा दुखाई बढी हुन्छ । टाउकोको बायाँतर्फ दुखाईको महसुस हुनुसक्छ । 


–हृदयको समस्याका कारण ग्यास, एसिडिटी, पेटको दुखाई र उल्टी हुनेजस्तो पेटको समस्या हुन थाल्छ । यस्तो अवस्थालाई सामान्य ठान्नु हुँदैन ।


–हृदयको समस्यामा थकान र रिंगटा लाग्ने हुनसक्छ । यस्ता लक्षण देखिएमा सामान्य मान्नु हुँदैन । यसले स्ट्रोक, हृदयघात र एरिथमियाको खतरा बढ्न जान्छ । 


–हात तथा खुट्टा दुख्न थाल्दछन् । यस्तो हुनुलाई आर्टरी बन्द भएको मान्न सकिन्छ । त्यसैले यस्तो लक्षण भएमा वा देखिएमा सतर्क हुनुपर्दछ । 


–हृदयको समस्या भएमा श्वाास फुल्ने र श्वासप्रश्वासमा समस्या देखिन सक्छ । 


–शरीरमा अधिक पसिना आउने र बेचैनी महसुस हुनसक्छ । (साँघु साप्ताहिक, २०८१ वैशाख ३)     

प्रतिकृया दिनुहोस