• शुक्रबार-जेठ-४-२०८१

बार्सिलोनाको जितमा लेवानडोस्कीको ह्याट्रिक

 

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले भलेन्सियालाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा बार्सिलोनाले भलेन्सियालाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

 

बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले ह्याट्रिक गरेका थिए भने एक गोल फेर्मिन लोपेजले गरेका थिए । त्यसैगरी भलेन्सियाका लागि हुगो डुरो र पेपेलुले एक- एक गोल गरेका थिए ।

 

यस खेलमा खेलको ४५औं मिनेटमा भलेन्सियाका गिओर्गी मामर्डाशभिलीले रातो कार्ड पाएपछि भलेन्सिया १० खेलाडीमा सिमित भएको थियो ।

 

यो जितपछि बार्सिलोनाको ला लिगामा ३३ खेलमा ७३ अंक भएको छ र दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोना शीर्ष स्थानमा रहेको रियल म्याड्रिड भन्दा ११ अंकले पछाडि रहेको छ । त्यसैगरी भलेन्सियाको भने ३३ खेलमा ४७ अंक रहेको छ र लिगमा आठौँ स्थानमा छ ।
 

 

 

प्रतिकृया दिनुहोस