इन्डियन प्रिमियर लिग (आईपीएल) : दिल्लीमाथि कोलकाता ७ विकेटले विजयी
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा कोलकाताले दिल्लीलाई ७ विकेटले पराजित गरेको हो ।
दिल्लीले दिएको १५४ रनको लक्ष्य पछाएको कोलकाताले १६.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिंग गर्दै दिल्लीले २० ओभरमा ९ विकेट गुमाउँदै १५३ रन बनाएको थियो ।
यो जितपछि कोलकताको ९ खेलमा ६ जित र ३ हारसहित १२ अंक भएको छ र अंक तालिकामा दोस्रो स्थानमा रहेको छ । त्यसैगरी दिल्लीको भने यो यस सिजनमा छैटौं हार हो । ११ खेलमा ५ जित र ६ हार बेहोरेको दिल्ली १० अंकसहित छैटौं स्थानमा रहेको छ ।

प्रतिकृया दिनुहोस