• मंगलबार-बैशाख-१८-२०८१

आज रामनवमी पर्व, त्रेतायुगमा आजकै दिन श्रीरामको जन्म

 

काठमाडौँ, ५ वैशाख : आज रामनवमी पर्व मनाइँदैछ । हिन्दु धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा गरेर यो पर्व मनाउने गरिन्छ । हरेक वर्षको चैत शुल्क नवमीमा पर्ने यस पर्वमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको स्मरण गरिन्छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ ।

 

भक्तालुजनले नदी, ताल, कुण्डमा स्नान गरी व्रत बसेर रामगीता पाठ गर्ने परम्परा रहेको छ । संस्कृतिविद् रामदयाल राकेशका अनुसार रामचन्द्र भगवानको जन्मदिन भएकाले यो पर्व हिन्दु धर्मावलम्बीको लागि विशेष धार्मिक पर्व हो । “मिथिला क्षेत्रमा रामनवमीको अझै बढी महत्व छ”, उहाँले भन्नुभयो, “पूजापाठ गरेर, नदीमा स्नान गरेर पून्य आर्जन गर्ने चलन छ ।” 
---

 

 

प्रतिकृया दिनुहोस