माधव नेपाल प्रयोग भएपछि एसभित्र चर्कियाे विवाद
पुष्पकमल दाहाल प्रचण्डपछि एक वर्षे प्रधानमन्त्रीका लिखित प्रतिबद्धता खोजेका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले विद्रोहको सुरुवात सुदूरपश्चिम प्रदेशबाट गरेका छन् । प्रदेश सरकार गठन गर्दा केन्द्रीय सत्ता गठबन्धनको विपक्षमा हस्ताक्षर गरेपछि एस अहिले नयाँ गैर वाम गठबन्धन बनाएर प्रधानमन्त्री भइहाल्न खोजिरहेको अर्थमा विश्लेषण भइरहेको छ ।
एकतालाई पछाडि धकेलेर नेताहरुमात्रै तान्ने नीति लिएपछि नेपाल रुष्ट भएर अहिलेको रणनीतिमा लागेको बताइन्छ । तर, सुदूरपश्चिमकै नेताहरु भने अहिलेको निर्णयबाट सन्तुष्ट देखिएका छैनन् ।
कांग्रेससँग मिलेर सरकार बनाउने अनि प्रचण्ड र केपी ओलीलाई देखाईदिने माधव नेपालको रणनीति देखिएपछि एसभित्र पनि विवाद देखिन थालेको छ । वामपन्थीहरु मिलेर बनेको सरकार ढाल्न माधव नेपाल फेरि दाेस्राे पटक प्रयोग भएको अर्थमा एसभित्र कुरा उठ्न थालेको हो । एसका केही नेताहरुले उक्त मत राख्न थालेपछि अहिले एस दुईधारमा विभाजित भएको छ ।
झलनाथ खनाल, रामकुमारी झाँक्रीसहितका केही नेताहरुले माधव नेपाल फेरि प्रयोग भएको मत राख्न थालेका छन् । पहिला पनि कम्युनिष्ट सरकार ढाल्न माधव नेपाल नै प्रयोग भएको र अहिले पनि उनी नै प्रयोग हुन थालेको भन्दै एसभित्र मत विभाजन हुन थालेका हो । कांग्रेस मात्र होइन, शक्तिराष्ट्रले पनि माधव नेपाललाई प्रयोग गरिरहेको एसभित्र चर्चा हुन थालेको छ ।
त्यहीकारण माधव नेपाल तत्कालका लागि सुदूरपश्चिमको घटनाबाट ब्याक हुन सक्ने बताइन्छ । तर, नेपालको नीति चाहिँ अहिले क्याक भएपनि प्रचण्ड र ओलीलाई भने दुःख दिइरहने भन्ने देखिएको एसका नेताहरुको पनि भनाइ छ । ओलीले पछिल्ला दिनमा माधव नेपालबाहेकका नेताहरुलाई एमालेमा तान्न खोजेको भन्दै नेपालनिकट नेताहरु रुष्ट भएका थिए ।
एकतालाई पछाडि धकेलेर नेताहरुमात्रै तान्ने नीति लिएपछि नेपाल रुष्ट भएर अहिलेको रणनीतिमा लागेको बताइन्छ । तर, सुदूरपश्चिमकै नेताहरु भने अहिलेको निर्णयबाट सन्तुष्ट देखिएका छैनन् । चार जना सांसद रहेको एसमा ३ जना असन्तुुष्ट रहेका छन् । त्यसैले, जुनसुकै रुपमा भएपनि ब्याक हुने विकल्पमा रहेको पनि एसका नेताहरु चर्चा गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस