• शनिबार-श्रावण-१२-२०८१

दार्चुलामा भुइँमा लत्रिएको तारमा छुँदा करेन्ट लागेर एक महिलाको मृत्यु

 

धनगढी, २१ चैत । दार्चुलामा करेन्ट लागेर गम्भीर घाइते भएकी महिलाको मृत्यु भएको छ ।

 

करेन्ट लागेर गम्भीर घाइते भएकी शैल्यशिखर नगरपालिका-१ बारिलकी ५५ वर्षीया कुमारी तितराको उपचारका क्रममा काठमाडौंमा निधन भएको परिवारले जनाएको छ ।

 

उनकाे बर्निङ अस्पतालमा निधन भएकाे हाे । गत शुक्रबार दिउँसाे घर नजिकै बाख्रा चराउने क्रममा भुइमा लत्रिएको तारमा छुनगई करेन्ट उनलाई लागेको थियो ।

 

विद्युत वितरण केन्द्रको लापरवाहीका कारण करेन्ट लागेकाले उचित क्षतिपूर्ति पाउनुपर्ने माग पीडित परिवारले गरेकाे छ ।

प्रतिकृया दिनुहोस