• शनिबार-श्रावण-१२-२०८१

इन्डियन प्रिमियर लिग (आईपीएल) : बैंगलुरुमाथि लखनउ २८ रनले विजयी

 

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत लखनउ सुपर जाइन्टले रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा लखनउले बैंगलुरुलाई २८ रनले पराजित गरेको हो ।

 

लखनउले दिएको १८२ रनको लक्ष्य पछाएको बैंगलुरु १९.४ ओभरमा अलआउट हुँदै १५३ रन बनाएपछि खेल २८ रनले हारेको हो । यो आफ्नो घरेलु मैदानमा बैंगलुरुको लगातार दोस्रो हार हो ।

 

त्यस्तै पहिला ब्याटिंग गर्दै लखनउले २० ओभरमा ५ विकेट गुमाउँदै १८१ रन बनाएको थियो । यो लखनउको यस सिजनमा तेस्रो खेलमा दोस्रो जित हो भने रोयल च्यालेन्जर्स बैंगलुरुले चौथो खेलमा एक जित र तेस्रो हार बेहोरेको छ ।

 

आईपीएल अन्तर्गत आज दिल्ली क्यापिटल्स र कोलकोता नाइट राइडर्सबीच खेल हुँदै छ ।
 

 

प्रतिकृया दिनुहोस