• शनिबार-श्रावण-१२-२०८१

नेपाल 'ए' र आयरल्याण्ड वोल्भ्सबीचको एकदिवसीय सिरिजको पहिलो खेल आज

 

काठमाडौँ । नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीच आजदेखि एकदिवसीय सिरिज सुरु हुँदै छ । सिरिजको पहिलो खेल आज टीयू मैदानमा साढे ९ बजेदेखि सुरु हुँदै छ ।

 

यसअघि सम्पन्न टी-२० सिरिज आयरल्याण्ड वोल्भ्सले २-१ ले जितेको थियो । आयरल्याण्ड वोल्भ्सले सुरुका दुई खेल जितेको थियो भने अन्तिम खेल नेपाल 'ए' ले जितेको थियो ।

 

अब एकदिवसीय सिरिजको पहिलो खेल आज, दोस्रो खेल शुक्रबार र तेस्रो खेल आइतबार हुने छ ।

 

एकदिवसीय सिरिज खेल्ने नेपाल 'ए' टिम :

विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भिम सार्की, अर्जुन साउद, आरिफ सेख, बशीर अहमद, कमल सिंह ऐरी, शदाब आलम, रंजित कुमार, रुपेश सिंह, रिजन ढकाल, बिकास आग्री र मौसम ढकाल रहेका छन् ।  
 

 

प्रतिकृया दिनुहोस