• आइतबार-बैशाख-१६-२०८१

सैनिक कल्याणकारी काेषकाे रकमको दुरुपयोग छानबिन गर्न मिल्दैन ?


श्रीमान सम्पादकज्यू


साँघु न्यूज डटकम


  नेपाली सेनाको कल्याणकारीले सैनिकका रगत र वलिदानवाट जम्मा भएको रकमको दुरुपयोग गरेको थाहा भएकाे छ । विगतका प्रधानसेनापतिहरूकाे आदेशमा नेपाली सेनाकाे कल्याकारी कोषको कराेडाैं कराेड  रकमवाट  ईटहरीमा खरिद गरिएका जग्गा,  भत्तपुरमा खरिद गरिएका जग्गा र कीर्तिपुरको चोभारमा खरिद गरिएका जग्गाहरुको स्थानीय दररेट भन्दा ४०० गुणा अत्याधिक बढी मूल्याकंन गरी खरिद गरिएकाे तथ्य फेला परेकाे हाे ।


  सैनिक कल्याणकारी कोषको करोडौं रकम भ्रष्टाचार गरिएको तथ्य फेला परेको छ । चोभारमा खरिद गरिएको जग्गामा त तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीको छोरालाई १३ करोड कमिशन दिलाईएको थियो । जसको ज्वलन्त साक्षी ५ पटक सम्म स्टाफ कलेज फेल भई नेपालीमा वल्लतल्ल स्टाफ कलेज चार्लीमा पासगरी २३ रोपनी जग्गा उक्त स्थानमा भ्रष्टाचार गरि कमिशन लिएका  शिशिर के सी ले राजेन्द्र चिफको भिटो पावरमा  दुई तारे जर्नेलमा पुरस्कृत भएबाट हुन्छ ।


   सेनाका जवानको रगत र वलिदानवाट प्राप्त रकममा चरम भ्रष्टाचार गरि सम्पति आर्जन गरेर कसरी आत्म सन्तुष्टि लिन सकेकाे होला ?  छोरा, नातिहरु र वंशको कसरी राम्रो होला, अगाडि बढ्लान् त्यो भविष्यले बताउला ।


  उदाहरणको लागि सैनिक कल्याणकारी कोषको रकमवाट संचालित भक्तपुर स्कूलमा अनियमित कार्य गरेकाे  आराेप लागेका कर्णेलहरु जीवन थापा,  रामशरण कार्की, भुपाल अधिकारी, प्रताप गुरुङ्ग, प्रयोग राणा,  देव खत्री साथै अन्य कसैकाे पनि राम्रो भएको छैन ।


व्यक्तिगत स्वार्थका लागि जग्गा खरिदमा  अत्याधिक मूल्यांकन गरी कीर्तिपुर नगरपालिकाको चोभारमा खरिद गरेको जग्गामा जर्नेलहरुले गल्फ खेल्ने ठाउँ बनाईएको छ ।

 

यही हो त चिफसा'व  सैनिक कल्याकारी कोषको रकम आयमूलक कार्यमा लगानी गरेकाे ? जर्नेलहरूले सेनाका  जवानको अगाडि भाषण गर्दा अलि होस् पुराउनु पर्ला ।


  यस  सम्वन्धमा आन्तरिक रुपमा छानविन गरी प्रतिवेदन तयार गर्न लागेका हिक्कमत जर्नेललाई २४ घण्टा भित्र तुरुन्त हटाई उनको बदलामा, ४ पटकमा वल्ल तल्ल ३७ वर्ष उमेर हद वढाएपछि स्टाफ कलेज नेपालीमा पास गरेका कटुवाल चिफको नाता पर्ने किरण के सीलाई राजेन्द क्षेत्री चिफको सेटिंगमा कल्याणकारी काेषकाे प्रमुखमा ल्याईयो ।


  हिक्मत जर्नेल नेपाली सेनाको सवै तालिममा प्रथम भएका वार कलेज वेलायतवाट गरेका तर किरण के सी सवै तालिमा अन्तिम स्टाफ कलेजको नियमनै परिवर्तन गरि ४ पटकमा वल्ल तल्ल पास भएका,  न काममको ढंग छ अब कसरी सैनिक कोषको सदुपयोग होला कल्याकारीमा । नेपाली सेनामा  जो व्यक्ति चाकडीमा माहिर छ ले नै संस्थामा हालीमुली गरिरहेको देखिन्छ ।


  त्यस्तै राजेन्द्र क्षेत्री चिफले चाईनावाट रु. ५०० पर्ने ट्रयाकसुट १ लाख ९ हजार जोर कल्याणकारी रकमवाट छोरालाई खरिद गर्न पठाई रु २३०० मा आर्मी क्यान्टिन भद्रकालीवाट विक्री गरेकाे तथ्य सेनामा लुकाएर लुक्दैन । 

 

नेपाली सेनाको सवैले दौडमा  ट्रयाकसुट अनिवार्य लगाउन पर्ने नियम बनाई १६ करोड भन्दा बढी भ्रष्टाचार गर्न भ्याए । त्यही भएर नै कल्याणकारीमा जर्नेल किरण के सी,  उनका दाई मेजर जर्नेल शिशिर के सीहरु जस्ता  हाकिम राख्ने गरेको देखिन्छ ।

 

रिटार्यड भएपछि त मिल्छ हाेला नि ? नेपाली सेनामा भ्रष्टाचार गर्नेहरुको सम्पति छानबिन गरी कार्वाही गर्न । तर,  नेपाली सेनाकाे कल्याणकारी काेषमा भएकाे अनियमित खर्च र कामकारवाहीकाे किन सत्यतथ्य छानबिन नगरेर ढाकछाेप गर्ने गरेकाे हाेला ? 

 

नेपाली सेनान जस्ताे पवित्र संस्थामा केही लाेभीपापी हाकिमहरूले बद्रनाम गर्दै आएकाे गुनासाे नयाँ हाेइन । जति गुनासाे गरे पनि छानबिन र कारवाही किन अगाडि  नबढेको होला ? नेपाल सरकार, संसद, संसदीय समिति, रक्षामन्त्री हरि उप्रेती र गृहमन्त्री रवि लामिछानेको ध्यान नेपाली सेनाकाे सैनिक कल्याणकारी काेषकाे दुरूपयाेग र अनियमित खर्च छानबिन र अनुसन्धान गर्नेतर्फ जान्छ कि ?


-नेपाली सेनाकाे भलाे चाहने, अधिकृतहरू, भद्रकाली, काठमाडाैं

 

प्रतिकृया दिनुहोस