• शनिबार-श्रावण-१२-२०८१

'जनयुद्ध दिवस'मा अजिरकाेट गाउँपालिकाले दियाे सार्वजनिक विदा

 

गोरखा, २८ माघ । अजिरकोट गाउँपालिकाले 'जनयुद्ध दिवस' मा फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

 

गाउँपालिकाको आइतबार बसेको कार्यपालिकाको ११२औं बैठकले जनयुद्ध दिवसको उपलक्ष्यमा भन्दै फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

 

सूचना जारी गर्दै गाउँपालिकाले भनेको छ, ‘आइतबारको कार्यपालिका बैठकले अजिरकोट गाउँपालिका कार्यालय, मातहतका कार्यालय, सम्पूर्ण विद्यालय र पालिका भित्र सञ्चालित सम्पूर्ण बैंक तथा वित्तीय संस्था बिदा दिने भनि निर्णय गरेकोले सोही बमोजिम अजिरकोट गाउँपालिका भित्र फागुन १ गते सार्वजनिक बिदा दिइएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’

 

सर्वोच्च अदालतले फागुन १ मा 'जनयुद्ध दिवस'का अवसरमा भनेर दिएको बिदालाई असंवैधानिक ठहर गरेको थियो ।

 

सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले पुस १३ मा गरेको फैसलाको पूर्णपाठमा उक्त बिदा किन असंवैधानिक हो भन्ने उल्लेख छ ।

 

प्रतिकृया दिनुहोस