विपिन जोशीको तत्काल रिहाइका लागि आह्वान गर्दै सरकारद्वारा युद्धविरामको स्वागत
काठमाडौँ, ७ मङ्सिर : सरकारले पश्चिम एसियाको गाजामा युद्धविराम गर्न भएको सहमतिको स्वागत गरेको छ ।
मानवीय सहायता सामग्रीको आपूर्ति तथा बन्दीहरूको रिहाइका लागि गरिएको उक्त युद्धविराम सहमतिको परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति निकालेर स्वागत गरेको हो ।
कतार अधिराज्य, संयुक्त राज्य अमेरिका र अरब गणतन्त्र इजिप्टको कूटनीतिक प्रयासमा भएको उक्त सहमतिको नेपालले सराहना गरेको छ । सरकारले नेपाली नागरिक विपिन जोशीको तत्काल रिहाइका लागि सम्बद्ध पक्षसँग आह्वान गरेको छ ।
बुधबार इजरायल र हमासबीच युद्धविरामको सहमति भएको थियो ।
–––

प्रतिकृया दिनुहोस