• शनिबार-श्रावण-१२-२०८१

विश्वकप फाइनल भारतविरुद्ध अस्ट्रेलियाले टस जितेर पहिला बलिङ गर्दै

 

काठमाडौँ, ३ मंसिर । आईसीसी क्रिकेट विश्वकपको फाइनलमा आज भारत र अस्ट्रेलियाबीच भिडन्त हुँदै छन् । अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने फाइनल खेलमा अस्ट्रेलियाले टस जितेको छ । अस्ट्रेलियाका कप्तान पाट कमिन्सले पहिला बलिङ गर्ने निर्णय गरेका छन् । योसँगै भारतले पहिला ब्याटिंग गर्ने भएको छ ।

  

यस विश्वकपमा अपराजित रहदै भारत फाइनलमा पुगेको हो । भारत चौथो पटक एकदिवसीय विश्वकपको फाइनल खेल्दै छ । यसअघि १९८३ र २०११ को विश्वकपको उपाधि जितेको थियो भने २००३ मा विश्वकपको फाइनलमा अस्ट्रेलियासँग नै पराजित भएको थियो ।

 

त्यसैगरी अस्ट्रेलिया भने यस विश्वकपमा शुरुका दुई खेलमा हार बेहोरेपछि पछिल्ला आठ खेलमा अपराजित हुदै फाइनलमा पुगेको हो । त्यस्तै अस्ट्रेलिया भने आठौँ पटक विश्वकपको फाइनल खेल्दै छ । अस्ट्रेलियाले आठ वर्षपछि विश्वकपको फाइनल खेल्ने भएको छ । सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्वकप जितेको अस्ट्रेलियाले सन् १९७५ र १९९६ को फाइनलमा हार बेहोरेको थियो । त्यस्तै अस्ट्रेलिया २०१९ को विश्वकपमा भने सेमिफाइनलमा ईङल्याण्डसँग पराजित भएर बाहिरिएको थियो ।

 

भारतको प्लेइङ ११-  रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल (विकेटकिपर), सुर्यकुमार यादव, रविन्द्र जडेजा, मोहमद शामी, कुलदीप यादव, जसप्रित बुमराह र मोहम्मद सिराज ।

 

अष्ट्रेलियाको प्लेइङ ११: पाट कमिन्स (कप्तान), डेभिड वार्नर, मिचेल मार्श, स्टिभन स्मिथ, मार्नस लाबुस्चेन, ग्लेन म्याक्सवेल, जोश इंग्लिस (विकेटकिपर), ट्राभिस हेड, मिचेल स्टार्क, जोश हेजलवुड र एडम जाम्पा ।

 

 

प्रतिकृया दिनुहोस