• आइतबार-असार-९-२०८१

कुकुरको मासु उपभोगमा दक्षिण कोरियाले प्रतिबन्ध लगाउने, छिट्टै कानून बनाउँदै

 

सिओल । दक्षिण कोरियामा शताब्दीयौंदेखि चलिआएको कुकुरको मासु खाने परम्परामाथि प्रतिबन्ध लगाइने भएको छ । 

 

जनावर तथा कुकुरबारे जनचेतना फैलाउन कुकुरको मासु खान प्रतिबन्ध लगाउने तयारी भइरहेको छ । दक्षिण कोरियाको सत्तारुढ दलका प्रमुखले आफ्नो पार्टीले कुकुरको मासु खान प्रतिबन्ध लगाउन सक्ने बताएका छन् ।

 

समाचार एजेन्सी रोयटर्सका अनुसार कोरियाली कुकुर खाने प्रचलनको विदेशमा आलोचना भएसँगै आन्तरिक स्तरमा पनि यसको विरोध बढिरहेको छ । जसका कारण हालैका वर्षहरूमा दक्षिण कोरियाका युवाहरूले कुकुरको मासु खानबाट जोगिइरहेका छन् र यसको विरोध पनि गरिरहेका छन् ।

 

‘कुकुरको मासु उपभोगमा विशेष ऐन बनाएर सामाजिक विवाद अन्त्य गर्ने बेला आएको छ,’ सत्तारुढ पीपुल्स पावर पार्टीका नीति प्रमुख यु इउई डोङले सरकारी अधिकारीहरूसँगको भेटमा भने।


सरकार र सत्तारुढ दलले यसै वर्ष प्रतिबन्ध कार्यान्वयन गर्न विधेयक ल्याउने युले बताए । बैठकमा कृषि मन्त्री चुङ ह्वाङ क्युनले सरकारले छिट्टै प्रतिबन्ध लागू गर्ने र कुकुरको मासु उद्योगमा संलग्न व्यक्तिहरूलाई आफ्नो व्यवसाय बन्द गर्ने राम्रो अवसर खोज्ने अनुमति दिने बताए ।

 

कुकुरको मासु खानु कोरियाली प्रायद्वीपमा शताब्दीयौं पुरानो परम्परा हो र कुकुरको मासु खानु भनेको गर्मीबाट बच्ने उपायको रूपमा हेरिन्छ । दक्षिण कोरियाका पशु अधिकार समूहहरूले कुकुरको मासु खान प्रतिबन्ध लगाउने तयारीमा खुशी व्यक्त गरेका छन् । 

 

ह्युमन सोसाइटी इन्टरनेशनलले एक विज्ञप्तिमार्फत भन्यो, ‘हामी सबैले क्रूरता अन्त्य गर्न नेतृत्व गरेको जटिल अभियान सपना जस्तै थियो तर अब साकार हुने अवस्थामा छ ।’

 

रोयटर्सका अनुसार गत वर्ष ग्यालप कोरियाको सर्वेक्षणले ६४ प्रतिशत मानिसले कुकुरको मासुको विरोध गरेको देखाएको थियो ।

 

 

प्रतिकृया दिनुहोस