• शनिबार-श्रावण-१२-२०८१

दक्षिण कोरियाको एक अस्पतालमा आगलागी हुँदा ३८ जना घाइते


सियोल, २ मङ्सिर, (रासस- सिन्ह्वा) - दक्षिण कोरियाको  एउटा अस्पतालमा शनिबार आगलागी हुँदा ३८ जना घाइते भएका  छन् । 

 

योनहाप समाचार एजेन्सीले जनाएअनुसार राजधानी सियोलबाट करिब २०० किलोमिटर दक्षिणपूर्वमा रहेको गुमीस्थित छतले अस्पतालमा शुक्रबार स्थानीय समय अनुसार बिहान ८:१० बजे आगलागी भएको थियो ।


विरामीहरू सहित लगभग ९० वटा उद्धारकर्ताहरू मध्ये चौध जनालाई श्वासप्रश्वासमा जटिलता देखिएको छ भने, समान्य चोटपटक लागेको छ । करिब एक घण्टापछि आगो नियन्त्रणमा आएको थियो ।


घटनाको  कारणबारे अनुसन्धान गरिरहेको छ ।
--------------
 

 

प्रतिकृया दिनुहोस