• आइतबार-माघ-२०-२०८१

आजदेखि यमपञ्चक सुरु, पहिलो दिन काग तिहार मनाइँदै 

भाइटीका कात्तिक २९ गते १०ः५१ बजे उत्तम

 

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार आजबाट यमपञ्चक प्ररम्भ भएसँगै सुरु भएको छ । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने यमपञ्चक अर्थात् तिहार आजदेखि प्रारम्भ भएको छ ।

 

आज तिथि अनुसार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान गर्नुपर्छ । यमदीप दान गरे परलोकमा यमको यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । त्यसैले  कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म परिवारको सदस्य संख्याको आधारमा यमदीपदान गर्ने गरिन्छ । 

 

यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको छ । कात्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । आज घरघरमा परिवर्तनको संवाहक कागलाई पुज्ने गरिन्छ । 

 

धनत्रयोदशी (धनतेरस) पनि शनिबार नै मनाउनुपर्ने समितिले जनाएको छ । यसैगरी आज धनवन्तरी जयन्ती पनि मनाइन्छ । यो दिन घरमा गक्ष अनुसारको केही न केही सुन,चाँदी लगायतका सामग्री किन्ने प्रचलन रहिआएको छ । 

 

तिथिको घटबढका कारण आइतबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको छ । कात्तिक २६ गते आइतबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइ बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिले जनाएको हो । 

 

भाइटीका कात्तिक २९ गते १०ः५१ बजे उत्तम
    
यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बुधबार बिहान १०ः५१ बजे रहेको समितिले जनाएको छ ।

 

सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमा टीका लगाउनु पनि शास्त्रसम्मत नै हुने समितिले जनाएको छ ।

 

भाइपूजा र नेवारी भाषामा किजापूजा  कात्तिक २९ गते नै गरिन्छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन सकिने छ ।

---

 

प्रतिकृया दिनुहोस