सानेपामा भाडामा घर लिएर अनलाइन जुवा खेलाए, पुर्याए भारतका बैंकमा तीन अर्ब
काठमाडौं । ललितपुरमा दुई वटा घर भाडामा लिएर एक गिरोहले अनलाइन जुवाको खेलाएर ठूलो परिमाणको रकम भारत पुर्याएको पाइएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार राति छापा मारेर गिरोहका जना भारतीय र १४ जना नेपालीलाई पक्राउ गरेको छ । यसक्रममा अनलाइन जुवा खेलाउनेले भारतीय बैंकमा पैसा निक्षेप गराएको र त्यतैबाट निकालेको समेत तथ्य प्रहरीले सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा २२ वर्षीय भारतीय नागरिक अजित कुमार, मुकेश मण्डल, मनोजकुमार बजाज, सुमित खत्री, प्रवातकुमार साह, ओमप्रकाश खत्री, रविप्रकाश विश्वकर्मा, रवि अभिषेक ओझा, शिवम पाण्डेय र मनोज कुमार रहेका छन् ।
ती भारतीय नागरिक उत्तर प्रदेश, उत्तराखण्ड, बिहार र मध्य प्रदेशका हुन् । यसैगरी, प्रहरीले अनलाइन जुवामा संलग्न १४ जना नेपालीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा टंकबहादुर पछाई, तेज बोगटी, लक्ष्मण विष्ट, अविनाश जिसी, हरिबहादुर जिसी, समिर खड्का, विक्रम पछाई, अशोक जिसी भीष्म वली रहेका छन् ।
यसैगरी, हेमन्त लोहनी गौतम, गोपाल विष्ट, सुजन जिसी, हेमन्त धामी र रविन विष्ट रहेका छन् । उनीहरू प्यूठान, डोटी र सुर्खेतका छन् । पक्राउ परेकाहरू अधिकांश नेपाली प्यूठानका रहेको प्रहरीले जनाएको छ ।
उनीहरूले ललितपुर महानगरपालिका-२ सानेपामा दुई वटा घर भाडामा लिएका थिए । उनीहरूले त्यहाँ कार्यालय नै खोलेका थिए । उनीहरूले व्यावसायिक तरिकाले अनलाइन जुवा खेल्ने/खेलाउने गरेको पाइएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेशकुमार बस्नेतले बताए ।
बस्नेतका अनुसार उनीहरूले बेटिङ एप्लिकेसनमार्फत अनलाइन जुवा खेलाउने गरेको भेटिएको छ । उनीहरूले आठ वटाभन्दा बढी बेटिङ साइट प्रयोग गरेर अनलाइन जुवा खेलाउँथे । ‘बेटिङ खेल्ने भारतीय एजेन्टसँग ह्वाट्सएपमार्फत् सम्पर्क गराउने गरेको अनुसन्धानमा खुलेको छ,’ बस्नेतले भने ।
पक्राउ परेकाले अनलाइन/अफलाइन दुबै प्रकृतिको जुवा खेलाउने गरेका थिए। हारजित भएको रकम भारतका विभिन्न बैंक खाताबाटै निक्षेप गर्ने गरेको र झिक्ने गरेको पाइएको बस्नेतले बताए । प्रारम्भिक अनुसन्धानमा पक्राउ परेकाले ३ अर्ब ४ करोड ७३ लाख ६५ हजार ६१२ रुपैयाँ बराबरको कारोबार गरेको बस्नेतले बताए । प्रहरीसँगको प्रारम्भिक बयानमा पक्राउ परेकाले विगत छ-सात महिनायता अनलाइन जुवा खेलाएको उल्लेख गरेका छन् ।
अनलाइन जुवाका लागि १ लाख ६० हजार र १ लाख २० हजारमा सानेपामा उनीहरूले भाडामा घर लिएको पाइएको छ । त्यहीँ हिसाब-किताब गर्ने र नेपालीहरूलाई भने मासिक ३० हजार रुपैयाँ तलब दिएर काममा खटाएको पाइएको एसएसपी बस्नेतले बताए ।
नीहरूलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२९ अन्तर्गत जुवा खेल्न, सट्टाबाजी गर्न नहुने र विदेशी विनिमय ऐन २०१९ अनुसार थप कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।
दुई वटा घरबाट पक्राउ परेकाहरूले प्रयोग गरिरहेका सामग्री बरामद गरिएको छ । ५७ थान मोबाइल, १३ थान ल्यापटप, ३४ थान एटिएम, सिमकार्य ८८ थान, चेकबुक १२ थान, भारतीय आधार कार्ड ८ थान र राहदानी ६ थान बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस