• बुधबार-कार्तिक-७-२०८१

जाडो मौसममा च्याउ खाँदा अनेक फाइदा

 

जाडो महिनामा च्याउको माग बढ्ने गर्दछ । जाडो महिनामा मानिसहरु च्याउ खान धेरै रुची पनि राख्दछन् । जानौं च्याउ सेवन गर्नुका केही फाइदाहरु :


– च्याउमा अनेकौं पोषकतत्वहरु हुने गर्दछ । यसमा फाइबर, कपर, आयरन, भिटामिन, पोटासियम जस्ता पोषकतत्वहरु हुने गर्दछन् । यसैकारण जाडो महिनामा च्याउ खानु अनेकौं फाइदा छन् । 


– यदि तौल घटाउन चाहनुहुन्छ भने च्याउको सेवन फाइदाजनक हुन्छ । च्याउमा राम्रो मात्रामा फाइबर हुने गर्दछ, जसले मेटाबोलिज्मको प्रक्रियालाई तीव्र बनाउँछ । जसले तौल घटाउन मद्दत गर्दछ ।


– जाडो महिनामा मौसमी बिरामीले हैरान बनाउने गर्दछ । यस्तो अवस्थामा च्याउको सेवनले शरीरमा प्रतिरक्षा दुरुस्त बनाउन मद्दत गर्दछ । यसले प्रतिरक्षा बुस्ट गर्दछ ।


– च्याउले मासपेशी बलियो बनाउन मद्दत गर्दछ । च्याउमा राम्रो पौष्टिक तत्व हुने गर्दछ । 


– च्याउले शरीरमा चिनी (मधुमेह)को नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्छ । च्याउमा कार्बाेहाइड्रेटको मात्रा एकदमै कम छ, जसले शरीरमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ । 


– च्याउले हाड बलियो बनाउन मद्दत गर्दछ । च्याउमा भिटामिन डीको मात्रा राम्रो हुन्छ जसले हाड बलियो बनाउँछ । (साँघु साप्ताहिक, २०८० कात्तिक २०)
 

प्रतिकृया दिनुहोस