ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा विश्वराज बज्राचार्यको उम्मेदवारी घोषणा
काठमाडौं । व्यवसायी विश्वराज बज्राचार्यले ललितपुर उद्योग वाणिज्य संघको ४४औँ अधिवेशनमा अध्यक्ष पदमा उम्मेद्वार घोषणा गरेका छन् ।
मंगलबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरी बजा्रचार्यको प्यानलले असोज १९ र २० गते हुन लागेको निर्वाचनका लागि उम्मेद्वारी घोषणा गरेको हो । “सम्मानजनक उद्योग र व्यापार, ललितपुर उद्योग वाणिज्य संघको मूलआधार’’ भन्ने नारा बोकेर सात सदस्यीय प्यानलको घोषणा गरिएको छ ।
बज्राचार्यको प्यानलले पारदर्शीता, नेतृत्वको विकास, सान्दर्भिकता र निरन्तरतालाई चार खम्बे अवधारणाको रुपमा अघि सारेर १५ बुँदे घोषणा पत्र जारी गरेको छ ।
उद्योग व्यवसायीहरुको मागहरुमा कानुनी ब्यवस्थालाई पुर्णता दिन संधैं शसक्त वकालत गर्ने संस्थाको रुपमा ललितपुर उद्योग वाणिज्य संघलाई स्थापित गर्ने,नीति, नियम, ऐन, कानुनलाई व्यवसायी र उद्योगीहरुको हितमा कार्यान्वयन गराउने, संस्थागत सुशासनमा जोड दिने,औद्योगिक र वाणिज्य संघसंस्थाहरूसँग सम्बन्ध विकास, व्यापारीक सञ्जाल विस्तार र लगानी प्रर्वधन गर्ने देखि उत्पादनलाई ब्राण्डिङ गर्ने कपि राईट अवधारणालाई साकार बनाउने जस्ता विषयलाई घोषणा पत्रमा समेटेको छ ।

प्रतिकृया दिनुहोस