जिल्लाको नामकरण सम्बन्धमा विभिन्न भनाइ रहेका छन् । इटलीका प्रसिद्ध विद्वान तथा इतिहासकार प्रो.जोसेफ टुचीका अनुसार पाल्पाले प्रदेशको रूपमा इशाको पाँचौ शताब्दीतिर पाएको हो । उनका अनुसार मंगोलियन शब्द “वाल्वा”बाट अपभ्रंश भएर “पाल्पा” भएको हो ।
जिल्लाको नामकरणको यो पक्ष :
तानसेनले पश्चिम कमाण्डको तत्कालीन शासकीय केन्द्रका रूपमा नाम कमाइसकेको छ । वि.सं १७७४ मा पाल्पाली राजकुमारी कौशल्यावतीसँग गोरखाका राजा नरभूपाल शाहसंग दोस्रो विवाह भयो । त्यस अर्थमा पनि पाल्पा पृथ्वीनारायण शाहको मावल ठाउँ हो ।
चौबिसी राज्यहरूमध्ये सबैभन्दा सबल राज्यमध्येमा पाल्पा ¬पनि एक थियो, धन, दौलत र अवधसँगको सैनिक सम्बन्धका कारण पाल्पा निकै बलवान थियो, त्यसैले नेपालको एकीकरणमा बाइसी चौबिसी राज्यहरू नेपालमा विलय भए हुँदासम्म पाल्पा भने स्वतन्त्र नै थियो । तर, पाल्पाको इतिहास अहिले विस्तारै हराउँदै गएको गुनासो सुनिन्छ ।
माओवादी द्वन्द्वमा पाल्पा ः
माओवादी द्वन्द्वकालमा पाल्पा दरबार र मूल ढोकालगायतमा ठुलो नोक्सानी भएकोमा सो पुन निर्माण भै सकेको छ । यो घटनालाई पाल्पालीवासीको मुटुमा किला ठोकेर सरह भएकाले कहिल्यै बिर्सिन सक्दैनन् । तत्कालीन लडाईंकालमा गठन गरेको ‘जनमुक्ति’ लडाकुका चार जना डेपुटी कमान्डरमध्ये जनार्दन शर्मा देशको आर्थिक नीति तर्जुमा र कार्यान्वयन गर्ने मन्त्रालयको नेतृत्वमा आइपुगेका थिए । तानसेन आक्रमण पनि उनकै नेतृत्वमा भएको भिडियो युट्युबमा देख्न सकिन्छ । त्यसैले पाल्पाली र तानसेनवासीमा तत्कालीन अर्थमन्त्रीबाट ठुलो आशा, विश्वास एवं अपेक्षा थियो तर फगत त्यो पूरा भएको अनुभूति पाल्पालीले गर्न सकेनन् ।
विश्व, मुलुक र पाल्पाका लागि
कसले के गरे त ?
पाल्पामा जन्म भएर वा आबद्ध भएर कसले के गरे के गरेनन् भविष्यको पुस्ताले मूल्यांकन गर्ला । यो छलफलको विषय पनि हुन सक्छ । तर अहिले त्यसको मूल्यांकन गर्नुभन्दा आफ्नो अनुभूति मात्र राख्ने धृष्टता गरिएको छ । नारायणप्रसाद श्रेष्ठ, चेत बहादुर कुँवर, नारायणहिटी राजदरबारमा काम गर्ने अर्को कानूनी सल्लाहकार नरेन्द श्रेष्ठ, राजदरबारमा भेटेनरी डाक्टर, क्याप्टेन रविन्द्र प्रधानले पनि आफ्नो आत्म वृतान्तमा आफूले गरेको, भोगेका र चिन्तन लेखेका छन् ।
राष्ट्रिय योजना आयोगमै केही समय जागिर खाएर बसेका डा. मोहनमान सैंजुले, पृथ्वीराज लिगल, पुष्पा श्रेष्ठ, पोष राज पाण्डेहरुले समेत मुलुक र पाल्पाको लागि केही न केही गरे । तर, त्यो नाप्ने यन्त्र छैन र त्यसको सान्दर्भिकता अहिलेको सन्दर्भमा नदेखिए पनि यसको महत्व छ । पृथ्वी राजले केही बजेट रानी महललाई छुट्याए भन्ने सुनिन्थ्यो । पोषले विश्व व्यापार संगठनमा प्रवेश गर्ने काममा भूमिका खेले र बहस र पैरवी गरे ।
यही पंक्तिकार पनि नेप्सेमा महाप्रबन्धक भएर शेयरको अभौतिकीकरण गर्न भारतसंग प्राविधिक सहयोग जुटाउन र सीडीएस कम्पनी संचालन गर्न सफल भए । यो कार्यमा पूर्व सचिव रामेश्वर खनालको मार्गदर्शन, सहयोग र सद्भाव विना सम्भब थिएन । यसको फलस्वरूप, आज ५५ लाख शेयर कारोवारीले कम्प्युटरमा बसेर शेयरको कारोबार र रकम बैंकमा जम्मा हुने आदि व्यवस्था हुन सक्यो ।
खिल राज पदम पब्लिक स्कूलमा खेल राज पाण्डे हेड मास्टर हुँदा त्यही अध्यापन गर्थे । विदेशबाट प्रशिक्षित भन्थे–खेल राज पाण्डेले हामीलाई अप्सनल गणित पढाउने र उनी छाता ओढेर अफिस वा भनौं स्कुल आएको देखेपछि सबै थुर थुर काँम्दै आआफ्नो कोठामा टाप कस्थे । न उनले कसैलाई पिट्ने न गाली गर्ने तैपनि अनुशासन् त्यस्तो थियो । सिल्खान टोलका गणेश सर, बुद्धि शर्मा, यस्पाल शाक्य, गणित पढाउने ईश्वर, लक्ष्मण सर, मदन कुमारी म्याडम, भूगोलका शिक्षक पशुपति मल्ल, आदिको योगदान हाम्रो स्कुले शिक्षामा निकै महत्वपूर्ण रह्यो ।
धीरेन्द्र सर पाल्पा मै बसेर क्याम्पस प्रमुख, नगर प्रमुख र पछि आफ्नै क्याम्पस खोले । पछि उनको देहान्त काठमाडौँमा भयो । क्यान्सरबाट केही समय पीडित भए तर धेरै दुःख सहनु परेन । उनको योगदान पाल्पा र छिमेकी जिल्लाका शिक्षाप्रेमीलाई अतुलनीय छ । बाणिज्य संकायलाई त उनले सतिशाल झैँ मजबूत बनाए । रिडीवाल बेणी प्रसादका तीन भाई छोरा आनन्द, विनोद र विज्ञानले क्रमश: अंग्रेजी, नेपाल परिचय, भूगोल, बाणिज्य अंकगणित, तथ्यांक पढाए । पृथिवी राज लिगलले केही समय अर्थशास्त्र योजना र माईक्रो इकोनोमिक्स पढाए । राम्रो काम र अवसरको खोजीमा कीर्तिपुर आए । राम्रा शिक्षक थिए । विषयमा पारङ्गत थिए । शालिग्राम कोइरालाले बजारीकरणदेखि लेखासम्म अध्यापन गर्थे । मेहनती थिए । आरएनएसीको जागिर छोडेर आएको भन्थे ।
मोहम्मद अस्फाक अन्सारी विदेशी मूलका भएर पनि पाल्पा र क्याम्पसलाई निकै माया र समर्पणभावले व्यापार व्यवस्थापनदेखि बाणिज्य कानून पढाउने गर्थे । शक्ति श्रेष्ठ पनि केही समय अध्यापन गरेपछि नेपाल राष्ट्र बैंक हुँदै विश्व बैंकसम्म काम गरेको र बनारसबाट पीएचडी पनि गरे । विश्व नाथको अंग्रेजी, बस्याल सर केही मनमौजी किसिमका थिए । गर्मीमा बुटवल जाँदा कोट लगाएरै जान्थे र भन्थे कोट लगाए पनि पसिना आएकै छ नलगाए पनि के फरक छ र ? छत्र राज शाक्य अर्थ शास्त्रको बेजोड शिक्षक हुन् । पछि लुम्बिनी विकास कोषसंग पनि आबद्ध भए । अहिले पनि पाल्पामा समाजिक सेवामा सक्रिय छन् ।
पाल्पा तानसेनमा तत्कालीन अवस्थामा भुयुमान लिगलको त्यो लगनशीलता, समर्पणभाव र तत्काल निर्णय लिने क्षमता आज खै कता छ ? भित्ता भित्तामा “पोखराको बाटो तानसेन भएर जानु पर्छ’’ भन्ने लेख्ने, राजाको गाडी मै गएर कुरा भन्न सक्ने, लाइन्स÷रोटरीका लागि मिसन हस्पिटल नजिकै जग्गा प्राप्तिदेखि निर्माण सम्पन्नसम्म छाता ओढेर लागे । श्रीनगरमा पोखरी बनाउने उनको धोको प्राबिधिक कारणले पूरा भएन । पानी रसाएर वा लिकेज भयो क्यारे ? सामाजिक कार्य, पशु बलि रोक्ने कार्यमा लगातार लागिरहे, रोटरी क्लबबाट अमेरिका पुगे । तर, अमेरिका उनलाई मन परेन, सायद उमेरको तासिरले होला । सिनेमामा सतोष सिनेमा चलाए । त्यस क्षेत्रको लागि मनोरञ्जनको एक मात्र साधन । उनी भन्दा अगाडि मणिध्वज मास्के र टक्सारका गंगा बैजुले समेत चलाएकी ? तर त्यो व्यवसायिक र निरन्तरता थिएन होला सायद !
नेपाली चलचित्रका महानायक तथा पूर्व राजदूत एवम् पाल्पा हाईस्कुलका तत्कालीन प्रधानाध्यापक चुडा बहादुर हमालको पुत्र राजेश हमालले चलचित्र क्षेत्रमा पु¥याएको योगदान, संगीतकार बसन्त जंग रायमाझी, गौरी मल्ल, धिरेन शाक्य, शर्मिला मल्लको एभरेस्ट टुथ पेस्टदेखि कान्छी सिनेमासम्मको यात्रा, संजय मास्केको सिनेमामा सुरुवाती प्रवेश, र केशर जंग रायमाझीको “कम्युनिष्टदेखि राजतन्त्र र राजसभासम्मको यात्रा, सूर्य बहादुर सेन ओलीको “मुखबाट निस्केको बोली र गोली फिर्ता हँुदैन’’ भन्ने जन बोली थियो । त्यस्तो प्रशासक जसले सायद पोखरामा सीडीओ हुँदा न्याय सेवाकालाई नै थुनामा राखी कारबाही गरेको आदि चर्चित छन् ।
प्रतिकृया दिनुहोस