काठमाडौं । भन्सार विभागको प्रशासन शाखामा कार्यरत उपसचिव नारायण प्रसाद मैनालीले दोहोरो जिम्मेवारी बहन गरिरहेको समाचार छ । मैनालीले २०७९ चैत्र २९ देखि उनी शहरी विकास मन्त्री सीता गुरूङका निजी सचिव भएर मन्त्रालयमा काम गरिरहेका छन । उनले भन्सारको प्रशासन उपसचिवको दरबन्दी यथावत राखेर मन्त्रालयमा नसारी काज सरूवाको अनुमति मात्र लिएर दुवैतिर कामकाज गर्दै आएको कर्मचारी स्रोतले बताएको छ ।
विभागमा नयाँ उपसचिव सरूवा भएर जान खोजे पनि अर्थ मन्त्रालयले पठाउन सकिरहेको छैन । विभागमा मैनालीका सहोदर दाई रामप्रसाद मैनाली निर्देशक रहेका छन । उनी राजस्व समूहका उपसचिव हुन । दुवै जना पूर्व गृह सचिव तथा पूर्व लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीका भाइहरु भएकाले पनि उनीहरुलाई निजामती प्रशासनमा शक्तिशाली उपसचिव भनेर चर्चित छन् ।
२०७९ चैत्र २७ गते नेपाली कांग्रेसकी नेतृ तथा तेह्रथुम १ वाट प्रतिनिधि सभामा निर्वाचित संसद सीता गुरूङ शहरी विकास मन्त्रीमा नियुक्ति भएकी थिइन । उनी मन्त्री बनेपछि मैनाली निजी सचिव बनेका छन । मन्त्रीको निजी सचिव भएपनि उनले भन्सार विभागको सरूवा, विदा, विदेश भ्रमण आदिको कामकाज पनि बेलाबखत विभाग पुगेर गर्दै आएको कर्मचारीहरु बताउछन् ।
प्रतिकृया दिनुहोस