विदेश पठाइदिने भन्दै ठगी गर्ने निरोज बुढाथोकी पक्राउ
काठमाडौं, १६ जेठ । सर्बिया पठाइदिने भन्दै १२ लाख ठगी गर्ने व्यक्तिलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका-५ घर भई हाल काठमाडौं-३२ तिनकुने बस्ने २७ वर्षीय निरोज बुढाथोकी रहेका छन् । उनले मासिक एक लाख तलब हुने आश्वासन देखाएर चार जनाबाट १२ लाख रुपैयाँ लिएर फरार भएका थिए । उनले प्रतिव्यक्ति साढे ५ लाख रुपैयाँ लाग्ने बताएर रकम ठगी गरेर फरार भएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
उनलाई काठमाडौं-९ सिनामंगलबाट पक्राउ गरी कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस