नेपाली सेना : प्राड विवाक जर्नल-२०८१ विमोचन
काठमाडाैं । २०८१ कार्तिक ३० गते जङ्गी अड्डामा आयोजित एक विशेष कार्यक्रममा प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत र प्रधान सेनापति महारथी अशोक राज सिग्देलबाट नेपाली सेनाकाे प्राड विवाकबाट प्रकाशित जर्नल २०८१ को संयुक्त रूपमा विमोचन गरिएकाे छ ।
नेपाली सेना प्राड विवाक स्थापनाको ६२ औँ वार्षिकोत्सवको अवसरमा आयोजित उक्त कार्यक्रममा सैनिक न्याय प्रणालीको विकासमा योगदान दिने सैनिक विशेष अदालतका पूर्व सदस्य तथा पूर्व रक्षा सचिव किरणराज शर्मा र सेना प्राड विवाकका पूर्व प्रमुख प्राड उपरथी रत्न प्रकाश थापा (अ.प्रा.) लाई सम्मानित गरिएको थियो ।
साे विमोचन कार्यक्रममा न्यायाधीशहरू, नेपाल सरकारका सचिवहरू, नेपाली सेनाका रथीवृन्द एवं अधिकृतहरूको उपस्थिति रहेको नेपाली सेनाले जानकारी दिएकाे छ ।

प्रतिकृया दिनुहोस