• शुक्रबार-बैशाख-१४-२०८१

घर टहराको नक्सा पास गर्न नब्बे दिनको सीमा : तोकिएको समयमा नक्सा पास नगरे कारबाही

 

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आफ्नो अधिकार क्षेत्र भित्र रहेका भवन तथा टहराको नक्सा पास र नवीकरण गर्नका लागि ९० दिनको समय दिएको छ । विगतमा नक्सा पास नगरी बनाइएका जुन सुकै प्रकारका संरचनाको तोकिएको समयमा नक्सापास गर्न समय सीमा निर्धारण गरिएको महानगरस्रोतले जानकारी दिएको छ ।

 

नगरपालिकाले जुनसुकै प्रकृतिका भवनहरूको नक्सा पास नगरी बनाइएको वा मापदण्ड अनुकूल नरहेको भए यस्ता भवनकोसमेत ९० दिन भित्र नक्सा पेस गरी  स्वीकृत÷गर्न घर धनीलाई निर्देशन जारी गरेको छ । तोकिएको समय सीमामा नक्सा पेस गरी स्वीकृत नगराएमा त्यस्ता भवनहरूलाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र प्रचलित भवन निर्माण सम्बन्धि मापदण्ड भवन संहिता, कार्यविधि र महानगरको निर्णय बमोजिम कारबाही गरिने चेतावनीसमेत नगरपालिकाले दिएको छ । 


यो भन्दा अगाडि पनि ०७९ भदौ २३ गते महानगरपालिकाले सूचना जारी गरी आफ्नो स्वामित्वमा रहेका घर, टहराको नक्सापास गरी अध्यावधि गर्न भनेको थियो । पहिले तोकिएको समयमा अपेक्षाकृत रुपमा घर टहराले नक्सा पास गर्न नआएको भन्दै अन्तिम पटकका लागि यो समय सीमा तोकिएको महानगरपालिकाले बताएको छ । यो समयमा पनि बनिसकेका घर टहराको अध्यावधिक हुन नसके त्यस्ता घर टहरालाई पुनः नक्सापासका लागि अनुमति नदिनेसमेत महानगरपालिकाले जनाएको छ । 

प्रतिकृया दिनुहोस