• बिहीबार-बैशाख-१३-२०८१

सम्पत्ति संरक्षण गर्दै राष्ट्रिय आवास कम्पनी

 

काठमाडौं । राष्ट्रिय आवास कम्पनी लिमिटेडले यतिबेला सरकारी निकाय नेपाल दुरसंञ्चार कम्पनी लिमिटेड, भूमि आयोग, सुकुम्बासीहरूले हड्पेको जग्गा र सम्पत्ति संरक्षण गर्न लागेको छ । कम्पनीका महाप्रबन्धक नारायणप्रसाद बाँस्तोलाको कार्यकालमा विभिन्न सरकारी निकाय र सुकुम्बासीले जबरजस्ती हड्पेका जग्गा जमिन र सम्पत्ति फर्काउने काम गरेको सो कम्पनी स्रोतले जानकारी दिएको छ ।


नेपाल दुरसंञ्चार कम्पनी लिमिटेडले राष्ट्रिय आवास कम्पनीको झापा जिल्लाको काकरभिट्टा स्थित साँढे दुई कठ्ठा जमिन हड्पेर भवन बनाएको थियो । कम्पनीले २०६८ सालमै नेपाल दुरसंञ्चार कम्पनीलाई जग्गा छोडन पत्रचार गरेको थियो । तर पनि अटेर गर्दैै अटेर गर्दै आएको थियो । नेपाल टेलिकमले जग्गा नछाडेपछि गत २०८० जेठ ४ गते राष्ट्रिय आवास कम्पनीले नेपाल टेलिकम विरूद्व जग्गा खाली गराई दिन झापा जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । 


यस्तै कम्पनीको जग्गामा २०६४ सालमा भूमि आयोगले अनुमति नलिई २८ घर परिवार सुकुम्बासीहरूलाई बसाएर लालपुर्जा दिलाएको थियो । यसरी अनुमति बिना अरूलाई जग्गा दिएको भनि कम्पनीले अदालतमा मुद्दा दायर गरीे लालपूर्जा बदर गराई सकेको छ ।


यसैगरी, कम्पनीको कञ्चनपुर जिल्लाको साबिक त्रिभुवन गाउँ विकास समिति र हाल पुनर्वास नगरपालिकाको जग्गामा अनुमति नलिई, जग्गाको मुअब्जा वा मूल्य नदिई अस्पताल सञ्चालन हुँदै आएको छ । यसरी अस्पतालले लिएको जग्गाको मूल्य तिराउन तथा फिर्ता लिन कम्पनीले प्रकृया सुरू गर्न लागेको छ ।


विगतमा आफ्ना जबरजस्ती हडपिएका जग्गा फिर्ता गराई संरक्षण गर्ने काम भइरहेको कम्पनीस्रोतले जानकारी दिएको छ । बाढी पीडित, सुकुम्बासी र भूमिहिनहरूलाई सस्तो मूल्य र किस्ताबन्दी रकममा सिमित घरेडी आवासका लागि उपलब्ध गराउदै आएको छ । 

प्रतिकृया दिनुहोस