• बुधबार-फाल्गुण-७-२०८१

एमालेबाट उपराष्ट्रपति पदमा अग्रणी नेतृ पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य उम्मेदवार

२७ फागुन २०७९ ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोे १८औं सचिवालय बैठक आज पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा बस्यो ।

 

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले आगामी २०७९ चैत ३ गते हुने उपराष्ट्रपति पदमा पार्टीका तर्फबाट नेपालको कम्युनिष्ट आन्दोलनकी अग्रणी नेतृ पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ ।

 


बैठकमा राष्ट्रपति र उपराष्ट्रपति पदमा समावेशी प्रतिनिधित्वका विषयमा पनि छलफल भएको जानकारी प्रचार विभागका सचिव गगन विष्टले दिएका छन् ।

 

राष्ट्रपति र उपराष्ट्रपतिका सम्बन्धमा संविधानमा भएको समावेशी व्यवस्थालाई कतिपय दलले फरक समुदायको पुरुष पनि हुनसक्ने जस्ता व्याख्या भइरहेको प्रति एमाले पार्टी गम्भीर रहेको बताइएकाे छ ।

 

एमालेका अनुसार, त्यस खालको व्याख्या संविधानको मर्मविपरीत हुने पार्टीको ठहर रहेको छ । बैठकमा राष्ट्रपति निर्वाचनको परिणामका बारेमा समीक्षासमेत गरिएको बताइएकाे  छ ।

प्रतिकृया दिनुहोस