• शुक्रबार-फाल्गुण-९-२०८१

भद्रपुर ब्लेजर भद्रपुर गोल्डकपको क्वाटरफाइनलमा

 

झपा । भद्रपुर झापा गोल्ड कप फुटबलमा घरेलु टोली भद्रपुर ब्लेजर विजयी भएको छ । बुधबार भएको उद्घाटन खेलमा भारतको दार्जिलिङ पुलिसमाथि ४–३ को रोमाञ्चक जित निकाल्दै भद्रपुर ब्लेज क्वाटरफाइनलमा प्रवेश गरेको हो । 

 

भ्रदपुरले सुरुआती ३ गोलको अग्रता मुस्किलले जोगाउँदै अघिल्लो यात्रा तय गर्न सफल भयो । खेल सुरु भएको तेस्रो मिनेटमै साम कार्लोसले गोल गर्दै भद्रपुरलाई अग्रता दिलाएका थिए । खराब प्रकाशका कारण निर्धारित ८० मिनेटको खेलको ३९औं मिनेटमा आशिष चापागाईंले गोल गरेपछि घरेलु टोलीको अग्रता दोब्बर भएको थियो । दोस्रो हाफको दोस्रो मिनेटमै सत्यम शर्माले गोल गरेपछि भद्रपुरको अग्रता तेब्बर भएको थियो । 

 

३ गोलले पछि परेको दार्जिलिङले लगातार गोल फर्काउँदै खेल बराबरी गरेपछि रोमाञ्चक बन्न पुग्यो । ५१औं मिनेटमा प्रशान्त राईले गोल गर्दै दार्जिलिङलाई खेलमा फर्काउने संकेत गरेका थिए । ५६औं मिनेटमा नयन प्रधानको गोलले दार्जिलिङले दूरी ३–२ मा झारेको थियो भने ७०औं मिनेटमा रुड गुलिटले गोल गरेपछि दार्जिलिङ ३–३ को अवस्थामा आयो । 


तर, त्यो बराबरी दार्जिलिङले २ मिनेट पनि टिकाउन सकेन । ७२औं मिनेटमा भद्रपुरका प्रताप राईले गोल गर्दै ४–३ को जित पक्का गरे । भद्रपुरले सेमिफाइनल प्रवेशका लागि अब 'वाई' पाएर बसेको विभागीय क्लब नेपाल पुलिससँग प्रतिस्पर्धा गर्नेछ ।

 


 

प्रतिकृया दिनुहोस