• बिहीबार-चैत-१५-२०८०

रवि, लिङ्देन, ज्ञानेन्द्र, सोविता, गगन, विश्वप्रकाश, योगेश तोसिमा समक्ष बिन्ती बिसाएर 'अल विदा' !

जनतालाई पिल्साएको मुद्दाहरु आँखा च्यातेर केलाउनुहोस, समाधान गर्नुहोस्- प्रेम
प्रेम प्रसाद आचार्य सन्तोषका आफ्ना परिवार र उत्पादनहरू

 

विवेकशील साझा दलका इलाम संयाेजक समेत रहेका प्रेम आचार्य सन्ताेषले आफ्नाे लामाे स्टाटसकाे अन्तिम पंक्तिहरूमा नवनिर्वाचित सांसदहरू समक्ष  देशभक्ति र राष्ट्रप्रतिकाे निष्ठा बचाएर काम गर्न अनुराेध गर्दै लेखेका थिए ।


 ''यदि कोही मेरो मागमा सहमत हुनुहुन्छ भने शान्तिपूर्ण ऐक्यबद्धता जनाइदिनु होला । आन्दोलन र हिंसा मेरो देशले धेरै सह्यो, त्यता नलाग्नुहोला। सरकारलाई  झक्झकाई रहनु होला। सम्झाइदिरहनुहोला। सुन्दर देशको कल्पना गर्दै मैले लिएको यो अभियान हो, यसलाई  मर्न नदिनुहोला।''

 

नयाँ अनुहारहरुलाई बिन्ती, सरकार बनाउने, मन्त्री हुने मात्र प्रतिस्पर्धा होइन, कसैले नदेखेको, तर जनतालाई पिल्साएको मुद्दाहरु आँखा च्यातेर केलाउनुहोस, समाधान गर्नुहोस् । यहाँहरु सबैलाई पुनः स्मरण गराउन चाहान्छु। निम्न बुँदाहरु यहाँहरुको दिमागमा बसिरहोस् !!!''


 ''मलाई राजनीतिमा लगाउने महानुभावहरुलाई आग्रह, मेरो अभियानलाई अगाडि बडाइदिनुहोला, सरकारलाई झक्झकाई रहनुहोला। यो देश दु:खेको ठाउँमा मल्हम लगाइदिरहनुहोला।''


''नेपाल सरकार, देश चलाउने हुटहुटीमा सत्तामा पुग्नुभएका नयाँ पार्टी तथा नयाँ सांसद, रवि लामिछाने, राजेन्द्र लिङ्देन, ज्ञानेन्द्र शाही, सोविता गौतम, गगन थापा, विश्वप्रकास शर्मा, योगेश भट्टराई, तोसिमा कार्की, लगायत तमाम नयाँ अनुहारहरुलाई बिन्ती, सरकार बनाउने, मन्त्री हुने मात्र प्रतिस्पर्धा होइन, कसैले नदेखेको, तर जनतालाई पिल्साएको मुद्दाहरु आँखा च्यातेर केलाउनुहोस, समाधान गर्नुहोस् । यहाँहरु सबैलाई पुनः स्मरण गराउन चाहान्छु। निम्न बुँदाहरु यहाँहरुको दिमागमा बसिरहोस् !!!''


१. BUYERS PAY FIRST


२. राष्टिय उत्पादनमा VAT शून्य।


३. LAND LEASING SYSTEM


४. HIGHER THE PROFIT, LOWER THE TAX RATE


५. शिक्षित MANPOWER वैदेशिक रोजगारमा जाँदा श्रम स्वीकृतिको झण्झट नगराइयोस् । श्रम कागज भन्दा दरिलो foreign company ले दिएको offer letter र employment contract उनीहरुसँग नै हुन्छ।


६. देशका सबै पालिकाहरु र उत्पादनहरु समेटिएको "पालिका बजार" नामक national web server को विकास ।


७. बाहालमा लाएका घरहरुलाइ अनिवार्य कर। घर बाहाल लिंदा घरधनीले लिने deposit money गैरकानूनी हो, त्यसको अन्त्य।


८. स्वस्थ्य, शिक्षा र सार्वजनिक यातायात सहज र सरल।


९. BANKING MORTGAGE VALUATION नितिमा परिमार्जन।


१०. बचत तथा ऋण सहकारी, FINANCE CO. र MICRO FINANCE को खारेजी।


११. गाजा खेतीलाई वैधानिकता।


स-धन्यबाद
यही देशको एउटा सर्बसाधरण नागरिक।
प्रेम प्रसाद आचार्य सन्तोष
सुर्योदय-११, केराबारी, इलाम, प्रदेश १ नेपाल। हाल काठमाडौ ।
म मरे पनि मेरो देश बाचिरहोस !!!!
अल विदा !!!


(तस्बिर: प्रेम प्रसाद आचार्य सन्तोषकाे फेसबुकमा अन्तिम अपडेट)

 

प्रतिकृया दिनुहोस