• शुक्रबार-जेठ-२-२०८२

फिफा विश्वकप फुटबल २०२२ : फ्रान्स सेमिफाइनलमा

 

काठमाडौँ, २५ मंसिर । फिफा विश्वकप फुटबल २०२२ को क्वार्टरफाइनलमा  इङ्गल्याण्डलाई पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

कतारको अल वयात रङ्गशालामा भएको खेलमा फ्रान्सले इङ्गल्याण्डलाई २-१ गोल अन्तरले पराजित गर्‍यो । खेलको १७औँ मिनेटमा फ्रान्सका लागि अउरेलियन टकउमेनीले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ५४औँ मिनेटमा इङ्गल्याण्डका लागि ह्यारी केनले गोल गर्दै खेल बराबरीमा ल्याए पनि ५८औँ मिनेट ओलिभर गिराउण्डले गोल गरेपछि खेल फ्रान्सले जितेको थियो ।

 

फ्रान्स सेमिफाइनलमा मोरक्कोसँग खेल्नेछ ।---


रासस

प्रतिकृया दिनुहोस