• शुक्रबार-जेठ-२-२०८२

तीन हजार रुपैयाँले बढ्यो सुनको मूल्य 

 

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ वृद्धि भएको छ । 

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको हो । 

 

गत बिहीबार छापावाल सुन तोलामा १ लाख ८१ हजार ८ सय रुपैयाँ कारोबार भएको थियो । 

 

यसैबीच आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार १ हजार ९२५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।  
  

 

 

प्रतिकृया दिनुहोस