काठमाडौं, २ जेठ । बिगत दुई महिनादेखि थुनामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनवाइ हुँदैछ ।
मिश्रकी श्रीमती सारिका कार्की मिश्रले दायर गरेको बन्दी प्रत्यक्षीकरणको मुद्दामाथि आज न्यायाधीश कुमार चुँडाल र तिलप्रसाद श्रेष्ठको इजलासमा सुनवाइ हुँदैछ ।
गत बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले कारण देखाऊ आदेश जारी गर्दै अनुसन्धानको मिसिलसहित २४ घण्टाभित्र मिश्रलाई इजलासमा उपस्थित गराउन आदेश गरेको थियो । जस अनुसार बिहीबार साँझ सर्वोच्च अदालतमा उपस्थित गराइएको थियो । उनलाई आज पनि अदालतमा उपस्थित गराईँदैछ ।
प्रतिकृया दिनुहोस