• मंगलबार-बैशाख-४-२०८१

उचाइको सगरमाथा बेसक्याम्प घुम्ने अफर


काठमाडौं । शुक्रबारबाट तेस्रो सातामा प्रवेश गर्न लागेको बलिउड फिल्म ‘उचाइ’ले नेपालमा पनि सुखद व्यापार गरिरहेको छ । दोस्रो सातासम्म आइपुग्दा पनि फिल्मलाई लिएर दर्शकको उत्साह बलियो छ ।

 

यो फिल्म हेरेका अधिकांश नेपाली दर्शकले यसको कथावस्तु र नेपालको सुन्दर दृश्यलाई मन पराएका छन् । यो फिल्मलाई नेपाल भित्राएको वितरक कम्पनीले यो साता फिल्म हेर्दा सगरमाथाको आधार शिविरसम्म आफ्नो साथीसँग घुम्न जाने अफर दिने भएको छ ।

 

यस्तै, फिल्म हेर्दा कलाकारहरू अमिताभ बच्चन, बोमन हिरानी र अनुपम खेरलाई भेट्न पाउने अवसरसमेत वितरक कम्पनीले दिने भएको छ । यो फिल्म हेरेको टिकट र हेरिएको हलको नाम समेत वितरक कम्पनीलाई मेल गर्नुपर्नेछ । यो साता फिल्म हेर्ने दर्शकमध्ये एकजनाले यो अवसर पाउनेछन् ।

 

सुरज बड्जात्याको निर्देशनमा तयार भएको फिल्ममा अमिताभ बच्चन, बोमन इरानी, अनुपम खेर, परिणीति चोपडा, डेनीलगायतका कलाकारको अभिनय छ । आफ्नो साथीको सपना पूरा गर्न सगरमाथाको आधार शिविरसम्म यात्रा गर्ने तीन पाका पुरुषहरूको कथामा यो फिल्म बनेको छ ।

 

दोस्रो हाफमा नेपाललाई उत्कृष्ट तरिकाले प्रस्तुत गरेको फिल्मले सगरमाथालाई भगवान्को रूपमा चित्रित गरेको छ । यो फिल्मले नेपालको पर्यटन प्रवद्र्धनमा उच्च भूमिका खेलेको भन्दै पर्यटन बोर्डले यसको टिमलाई सम्मान गर्ने तयारीसमेत गरेको छ । 

प्रतिकृया दिनुहोस