• शुक्रबार-बैशाख-७-२०८१

अस्पताल रहेको भवनमा आगलागी हुँदा पाँच जनाको मृत्यु, ४४ घाइते

सोल। अस्पताल रहेको एउटा भवनमा आगलागी हुँदा दक्षिण कोरियामा कम्तीमा पाँच जनाको मृत्यु भएको छ। मृत्यु भएकामध्ये चार जना विरामी र एक जना नर्स रहेको अधिकारीहरुले जानकारी दिएका छन् । अस्पतालमा आगलागी भएको बेलामा ३३ विरामी र १३ स्वास्थ्यकर्मी रहेका थिए ।

 

इचेओनमा भएको घटनामा परी अरु ४४ जना घाइते भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

 

घटनास्थल राजधानी सियोलदेखि ५० किलोमिटर टाढा पर्दछ । चार तले भवनको सबैभन्दा माथिल्लो तलमा स्थानीय समय अनुसार विहान १०.१७ मा आगलागी भएको अधिकारीहरुले जनाएका छन् ।

 

सो भवनको चौथो तलामा अस्पताल थियो भने दोस्रो र तेस्रो तलामा कार्यालय र पहिलो तलामा रेस्टुरेन्ट रहेको थियो । आगालागी भएपछि आगो नियन्त्रण गर्न ३८ अग्नि नियन्त्रक ट्रक र १०८ जना उद्धारकर्ता परिचालन गरिएको थियो । उनीहरुले ११.२९ मा आगो नियन्त्रणमा लिएका थिए ।

 

प्रतिकृया दिनुहोस