• बिहीबार-बैशाख-२०-२०८१

कस्मेटिक्स कारखानामा छापामारी करोडौंको नक्कली कस्मेटिक्स सामानहरु बरामद

दिपिका अग्रवालको मिसेल कस्मेटिक्स प्रा.लि. छापा


  काठमाडाैं ।  गोकर्णेश्वर नगरपालिका वडा नं. ६  नयाँ बस्तीसर्बेश्‍वर मार्गस्थित दिपिका अग्रवालको नाममा दर्ता रहेको मिसेल कस्मेटिक्स प्रा.लि. नामको कारखानामा नक्कली कस्मेटिक्स सामानहरु उत्पादन गर्ने गरेको  सूचनाका आधारमा प्रहरीले छापा मारेर धेरै परिमाणमा नक्कली  कस्मेटिक्स बरामद गरेकाे छ ।


  जिल्ला प्रहरी परिसर काठमाण्डौं, प्रहरी बृत्त बौद्ध, बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट संयुक्तरुपमा खटिएको टोलीद्वारा उल्लेखित स्थानमा रहेको  मिसेल कस्मेटिक्स प्रा.लि. छापामार्दा विभिन्न कम्पनीका सौन्दर्य प्रसाधनका सामाग्रीहरू: Shampoo, Hair Treatment Cream, Hair Oil आदि नक्कलीरुपमा उत्पादन गर्न प्रयोग हुने कच्चा पदार्थ, तयारी अवस्थाको नक्कली सामानसहित बरामद गरिएको  जिल्ला प्रहरी परिसर काठमाण्डौंले जानकारी दिएकाे छ ।


प्रारम्भिक मूल्याङ्कन अनुसार, उक्त सामाग्रीहरू करोडौंको मूल्य बराबरको हुन सक्ने अनुमान गरिएको छ। उक्त कारखानमा छापामारी पश्‍चात बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागद्वारा थप अनुसन्धानका लागि कारखाना सिल गरिएको प्रहरीले बताएकाे छ । उक्त कारखानाबाट निम्न सामानहरु बरामद गरिएकाे  जिल्ला प्रहरी परिसर काठमाण्डौंले जानकारी दिएकाे छ ।

 

क) तयारी समानहरु:


१. Dexe लेखिएको ब्याक हेयर स्याम्पु -७३ कार्टुन । १ कार्टुनमा १० पिसको बट्टा भएको थान-६४।


२. Grandeur Hydrating Keratin लेखिएको - १९० कार्टुन । १ कार्टुनमा २४ पिस रहेको ।


३. Allons Heircare लेखिएको -३०० कार्टुन । १ कार्टुनमा २४ पिस रहेको ।


४. Head & Shampoo तैयारी अवस्थाको १०० पिस ।


ख) कच्चा पदार्थ:


१. क्रिम बनाउने कच्चा पदार्थ भएको सेतो ५० लि. को ड्रम-१६० थान ।


२. कच्चा पदार्थ भएको २५ के जि को बोरा-२० थान ।


ग) मेसिनहरु:


१. मिक्सर मेसिन थान-१ ।


२. टेपिङ्ग मेसिन थान-१ ।


३. फिलिङ्ग मेसिन-२ ।

४. प्याकिङ्ग मेसिन-२ ।


५. लेवलिङ्ग मेसिन थान-१ ।


६. फिल इन  मेसिन-२ ।


७. मिक्चर मेसिन थान-३ ।


८. मिति छाप्ने मेसिन -१ ।

 

प्रतिकृया दिनुहोस