• शुक्रबार-बैशाख-१४-२०८१

प्रेम आलेबाट डामिएका पर्यटन बाेर्डका सिईओ रेग्मीले कर्मचारीमाथि चलाए कारवाहीकाे छुरा

 


   काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रीबाट प्रेम आलेको अवकाशसँग खुसीको सीमा नरहेका पात्र  हुन्, नेपाल पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मी । मन्त्री आलेसँग झन्डै ९ महिना झगडा गरेर बसेका रेग्मी अहिले आफैं कर्मचारीमाथि तानाशाही शासन लाद्न थालेकाे गुनासाे सुनिएकाे छ ।  मातहतका  कर्मचारीलाई सताउने, कारबाही, सरुवाको धम्की  दिनेदेखि बढुवामा रोकिदिनेसम्मको धम्की दिइरहेका छन् । 

 

सामान्य अवस्थामा झन्डै साँढे एक बर्ष जागिरकाे  समय बाँकी रहेका बोर्डका सीईओ रेग्मीले  अहिले ६ जना कर्मचारीलाई कारबारहीको तयारी गरेकाे छन् । ती ६ जना नै अधिकृत तहका कर्मचारीहरु हुन् ।

 

विगत केही महिनादेखि रेग्मीको बेथिति र अनुशासनहीन काम कारवाहीप्रति चर्को विरोधमा रहेका ती कर्मचारीमाथि कारबाहीकौ मौका खोजिरहेका रेग्मीले २०७९ साउन २ गते एउटा बहाना पाएका थिए ।


त्यसदिन ती ६ जना कर्मचारी  आफ्नो समस्या बोकेर नवनियुक्त पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई भेट्न गएका थिए ।  आफूहरुको बढुवा १५ बर्षदेखि नभएको भन्दै रुष्ट रहेका उनीहरुले सीईओ रेग्मीमाथि अनेक आलोचना पनि गर्दै आएका थिए । त्यही  आलोचना बोकेर मन्त्री श्रेष्ठसम्म पुुगेका आशंकामा कारबाहीको छुरा चलेको टिप्पणी भइरहेको छ ।


 सीर्ईओ रेग्मीबाट अपेक्षित सहयोग नपाएपछि उनीहरु  ट्रेड युनियन खोल्न पनि लागेका थिए । एमालेसमर्थित ट्रेड युनियन श्रम विभागमा दर्ता प्रक्रियामा पुगेको छ । आफूहरुको माग पूरा नहुने देखेपछि ती कर्मचारीले ट्रेड युनियन खोल्न थालेको पनि बताइएको छ । एकातिर ट्रेड युनियन खोल्ने अर्कोतिर  सीईओका विरुद्धमा लाग्ने भएपछि रेग्मी कारबाहीमा ओर्लिएको बोर्डमा चर्चा हुने गरेको छ ।


  उनीहरुमध्ये अधिकांश पहिला रेग्मीकै पक्षमा रहेका थिए । रेग्मीलाई सीईओ बनाउनुपर्छ भनेर लविङ  गर्नेमध्ये कै थिए,  कुन्दन शर्मा मिश्र । तर, अहिले  उनी पनि कारबाहीको पहिलो नम्बरमा परेका छन् ।  त्यसैगरी, सुधन सुवेदी, सागर श्रेष्ठ, सन्तोष थापा, जानकी प्रसाद उपाध्याय र गोकुल भण्डारी रहेका छन् । 

 

उनीहरु सबै वरिष्ठ अधिकृत हुन् । उनीहरुले विगत १५ बर्षदेखि बढुवा नभएको भन्दै गुनासो गर्दै आएका छन् । उनीहरुलाई बढुवा गर्न केही महिना पहिला प्रयास पनि भएको थियो । तर,  उक्त प्रयासको समयमा पनि रेग्मीसँग उनीहरुको ठाकठूक परेपछि समस्या भएको बताइएको छ ।


 २०७९ साउन २ गतेदेखि अहिलेसम्म दुुईचोटी पत्र काटिसकेका छन् । तर,  कारबाही  के गर्ने हुन भन्ने चाहिं खुलिसकेको छैन । उनीहरुलाई थप स्पष्टीकरण  सोधेर सरुवा गर्ने वा के गर्ने भन्ने चाहिँ प्रष्ट नभएको बताइएको छ । बढुवा नभएको  पीडामा रहेका कर्मचारीलाई थप आतंकित बनाएर बोर्डमा रेग्मीले कर्मचारी तर्साउन थालेको भन्दै उनीमाथि पनि टिप्पणी हुन थालेको छ ।

(साँघु साप्ताहिक, २०७९ साउन १६ गते)

 

प्रतिकृया दिनुहोस