• शुक्रबार-बैशाख-१४-२०८१

राजगढ गाउँपालिकाका अध्यक्षमा एमालेका मण्डल विजयी

सप्तरी । सप्तरीको राजगढ गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार विजयी भएका छन् ।

 

अध्यक्षमा ओमप्रकाश मण्डल र उपाध्यक्षमा रेणुदेवी मण्डल निर्वाचित भएका हुन् । मण्डलले ४ हजार १४९ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी जसपाका सुरेन्द्रप्रसाद यादवले ३ हजार ८ सय ७ मत प्राप्त गरे ।

 

उपाध्यक्षमा निर्वाचित रेणुदेवीले ३ हजार ८ सय८० मत ल्याएकी छन्। उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी रेखाकुमारी यादवले ३ हजार ७ सय ७ मत ल्याएकी छन् ।

 

प्रतिकृया दिनुहोस