• शुक्रबार-श्रावण-१५-२०७८

माडी नदीमा बगेर दुई बालिका बेपत्ता

पौडी खेल्ने क्रममा प्यूठानको माडी नदीमा बगेर दुई बालिका बेपत्ता भएका छन् । 

बेपत्ता हुनेमा जिल्लाको सरुमारानी गाउँपालिका–४ बैकेका बोमबहादुर थापा मगरकी आठ वर्षीया छोरी विपना थापा मगर र मान्द्रेका नुमबहादुर थापा (मर्साङी मगर) कि सात वर्षीया छोरी शर्मिला थापा मगर रहेकी जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए । 


सोमबार अपरान्ह ३ बजे पौडी खेल्ने क्रममा दुबै बालिका नदीमा बगेको प्रहरीले जनाएको छ । स्थानीयवासीका अनुसार दुबै जना बाख्रा चराउन गएका थिए । घरबाट बाख्रा चराउन गएको र नदीमा पौडी खेल्ने क्रममा बगेर दुबै बेपत्ता भएको स्थानीयवासीले जनाएका छन् ।


स्थानीय बासिन्दा र प्रहरीको टोलीले बेपत्ता बालिकाको खोजी कार्य जारी राखेको सूचना अधिकारी गैरेले बताए । 

प्रतिकृया दिनुहोस