• मंगलबार-माघ-२९-२०८१

आजका आकर्षक तस्बिरहरु (फोटो समाचार )

 

 

ललितपुरको नेवार बस्ती खोकना ।खोकना नेवारी कला साँस्कृतिकको महत्वपूर्ण ठाउँको रुपमा परिचित छ । तस्बिर :प्रदीपराज वन्त/रासस

 

शे फोक्सुण्डो गाउँपालिका–३, प्रशासकीय केन्द्र साल्दाङ गाउँ । अहिले यहाँ उवा र आलु लगाउने बेला भएको छ । तस्बिरः हेमन्त केसी/रासस

 

 

भक्तपुरको चागुनारायण नगरपालिकाको तामाङ कृषि तथा पोल्टी फर्ममा पालिएका हाँस । तस्बिरः चन्द्रकला क्षेत्री/रासस

 

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेको पहलमा डोटीको आदर्श गाउँपालिका–४ की २८ वर्षीया लक्ष्मी भाटलाई थप उपचारका लागि काठमाण्डौ ल्याउन डोटी गएको हेलिकप्टर । उनलाई अज्ञात व्यक्तिले गएको बुधबार आगो लगाउँदा जलेर गम्भीर घाइते भएकी छन् । तस्वीर : विमलबहादुर विष्ट/ रासस

 

काठमाडौँको चोभारमा निमार्णाधीन सुक्खा वन्दरगाह क्षेत्र । कोरोनाको कारण निर्माण कार्य ढिला भएको कामदार बताउँछन् । तस्बिर :प्रदीपराज वन्त/रासस

 

फर्पिङका किसान बारीमा लगाएको काउली गाेडमेल गर्दै। तस्बिर ःप्रदीपराज वन्त/रासस

 

झापाको कमल गाउँपालिका– ७, गेउरियाका किसान चैतेधान काट्दै । तस्बिरः यज्ञराज आङदेम्बे/रासस

 

 

वल्र्ड भिजन इन्टरनेसनल नेपालले जिल्ला अस्पताल बझाङलाई ७० वटा अक्सिजन सिलिण्डरसहितका विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण । वल्र्ड भिजन इन्टरनेसनल नेपालको सहयोगमा बझाङ जिल्लास्थित साझेदार संस्था प्रगतिशील युवा समाजको समन्वयमा रु २२ लाख ६४ हजार ७२८ बराबराको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको प्रगतिशील युवा समाजका प्रबन्ध निर्देशक लवराज जोशीले बताउनुभयो । कोरोना रोकथाम तथा नियन्त्रणका लागि ७० थान अक्सिजन सिलिण्डर, ७० वटा पल्स अक्सिमिटर, ७० वटा थर्मल टेम्प्रेचर गन, ७० वटा पिपिइ सेट, ६ प्याकेट सर्जिकल मास्क, ३६ वटा एन ९५ मास्क, सेनिटाइजरलगायतका स्वास्थ्य सामग्री प्रदान गरेको हो । तस्वीर : रमेश केसी/रासस

प्रतिकृया दिनुहोस