• बुधबार-बैशाख-१२-२०८१

प्रभु बैंकको “८.५% प्रभु बैंक डिबेन्चर २०८७” को सार्वजनिक

 


काठमाडाैं । प्रभु बैंक लि. ले वार्षिक ८.५ प्रतिशत ब्याजदरमा प्रत्येक तीन/तीन महिनामा ब्याज भुक्तानी हुने गरी रु. ४ अर्ब बराबरको १० वर्षे “प्रभु बैंक डिबेञ्चर–२०८७” नामक ऋणपत्र  (Debenture) मिति २०७८ साल जेष्ठ ११ गतेदेखि निष्काशन गर्ने भएको छ ।


बैंकले प्रति कित्ता १,००० रुपैयाँ अंकित मूल्यको ४०,००,००० कित्ता डिबेञ्चरले हुन आउने कुल रकम रु. ४ अर्ब मध्ये १६ लाख कित्ता डिबेन्चर अर्थात् १ अर्ब ६० करोड ऋणपूँजी रकम (५% अर्थात् ८०,००० कित्ता सामुहिक लगानी कोषका लागि छुट्टयाईएको समेत) सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशनबाट बिक्री गरिने तथा २४ लाख कित्ता डिबेञ्चरले हुन आउने कुल रु. २ अर्ब ४ं० करोड ऋणपूँजी रकम विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई व्यक्तिगत तवर (Private Placement) बाट बिक्री गरिने बैंकले जनाएकाे छ  ।


सो ऋणपत्र खरिदका लागि छिटोमा २०७८ जेष्ठ १६ गतेसम्म आवेदन दिनु पर्नेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि २०७८ जेष्ठ २६ गतेसम्म लम्बिनेछ । लगानीकर्ताले सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट न्युनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लि. रहेको छ ।

 

प्रतिकृया दिनुहोस