• बिहीबार-चैत-१५-२०८०

अर्थात जेमन्त : शरदराज गौतम

 

हुने नै त्यत्ति हो ।
छलछाम, मक्कारी, फरेब र पातक लेनदेनबाट निस्किने संविधानसित ।
हुने नै त्यत्ति हो ।
सामाजिक जीवनमा भित्रिएको राजनैतिक खुल्लापनसित जोरी खोज्न
नेपालका राजनैतिक दल कतै तयार थिएनन्, न त तिनका अगुवाहरू नै ।
प्रतिस्पर्धी समाजले जुन जुन कुरालाई लायकको मान्दथ्यो 
ती सबैलाईजुम्से राजनैतिक स्कुलिङमा हुर्किएका
छलछामलाई मात्रै योग्यता देखाएर उक्लिएका
र, भाते सोचले ग्रस्त भएकाहरूले पूरा गर्नै सक्तैनथे ।
संविधान जारी गर्दा तुजुक देखाउनु बेग्लै कुरा थियो ।
तर त्यसमा निष्ठा दिनु, सम्मान अर्पण गर्नु र अपनत्व दिनु बेग्लै ।
आज संविधान जुन दुर्गतिमा पुगेको छ ।
त्यो कसैको एकल हठ मात्रै जिम्मेवार तोक्दा, साँखुल्ले पल्टिन मिल्ला ।
तर यसका साना मसिना नट बोल्टहरूमा
एक एकथरिले देखाएको हुल्याहापन कम जिममेवार छैन ।
संविधान जहिल्यै ‘ब्याड ब्वाय’ घृणाबाटखाते भएर दुत्कारियो ।
मध्य पहाडि शहर बजारहरूमाअद्यापि यो दृश्य देख्न मिल्छ ।
साना साना गल्लीहरूबाट रथ गुज्रिंदा
एकथरि कौसीबाट पैसा फाल्ने जमात हुन्छन् ।
र, अर्कोथरि भँुइमा खसेको पैसा टिप्दा हुल्याहा देखाउने जमात ।
राजनैतिक आवरणमा यसलाई सामन्ती अवशेष भनि तोक्दा मिल्ला।
तर यसभित्र नजानिदो संस्कृति हुर्किएको छ , हाम्रो समाजमा ।
चुपचाप आफूलाई अलग्याउनु, चुपचाप अपनत्व नलिनु ।
कौसीबाट ढ्याक फाल्नेहरू पनि जात्रामा आफ्नो सामेली देखाउन भ्याउँछन ।
तिनलाई पुर्खा र परत्रको भित्रि डर हुन्छ ।
पैसा टिप्नेहरू बीचको हुल्याहापन रमाइलो मात्रै होइन, त्यै जात्रा हो ।
यो संस्कृति भित्र लुकेको मिहीन तथ्य के हो भने
जात्रा प्रतीकसम्म हो, शासित हुने छनौट होइन ।
नेपालको संविधानको जात्रामा मध्य पहाडिबजारको यो दृश्यले सादृश्य गरेको छ ।
हिजोसम्मका हुल्याहाहरूजति आज कौसीबाट पैसा फाल्ने भएका छन ।
र, भँुईमा खसेको पैसा टिप्नेहरू एक जमात हुल्याहाहरू नयाँ आएका छन ।
यस्तोमा, मुलुकमा संविधानको जात्रा त निस्किन्छ, निस्किन्छ ।
नेपालमा वयस्क मताधिकार दिए बखतदेखि विकसित            
यो हुल्याहा खेलाको रुपान्तरण संधैभरि संविधान जारी गरि टुड्ड्याइएको छ ।
जुन कसैले मान्नु पर्दैन,र जो कसैमाथि लगाइ रहन पनि पर्दैन ।
कौसीबाट पैसा फाल्ने र बाटोमा पैसा टिप्ने जमात जबसम्म रहन्छ,
संविधान पढ्ने र पढाउने संस्कृति चलिरहन्छ ।
त्यहाँ आस्थाको कुरा रहन्न, नत  जीवनशैली कै कुरा ।
फगत यो, पुर्खा रिसाउलान भन्ने त्रासबाट संचालित जात्रामात्र हुन्छ ।
आजको दिनमा,
संविधान सभाबाट बनाइएको संविधानलाई अनर्थ पारिंदैछ ।
कसैसित पनि भित्रै देखिको स्वीकार भाव छैन ।
संविधान जारी गरिरहँदा कौसीबाट पैसा फाल्नेहरू जति देखिएका थिए
ती सबै हुल्याहाको हिस्सा हुँदा थिए, पत्तो लागेको छ ।
र, यस्तोमा कसैलाई लाग्दछ,
संविधानको जात्रा यो मुलुकको हिस्सा हुन्छ भने ।
त्यो फेरि पनि बकबास हुन्छ ।
फेरि पनि हुल्याहापनको अर्को रुपान्तरण मात्रै हुन्छ । 
मुलुकसित,
    संविधानको जात्रामा सबका सब हुल्याहा हुनु भन्दा अर्को छनौट पनि छैन ।

 

प्रतिकृया दिनुहोस