तत्काल संसद् अधिवेशन बोलाउन कांग्रेसको माग
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले बुधबार जारी संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन र संसदको अधिवेशन बोलाउन माग गरेको छ ।
बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले सरकारसँग यस्तो माग गरेको हो ।
बुधबारको बैठकले अध्यादेश फिर्ता लिन र संसदको अधिवेशन बोलाउन माग गरेको कांग्रेसका एक नेताले जानकारी दिए ।
सरकारले बुधबार प्रधानमन्त्रीलाई अन्य २ सदस्यले साथ दिएको अवस्थामा पनि संवैधानिक नियुक्ति गर्नसक्ने गरी अध्यादेश जारी गराएको थियो । यसको कांग्रेसले चर्को विरोध गर्दै आएको छ ।
पदाधिकारी बैठकले पुस ३ गते संसदीय दलको बैठक बोलाउने निर्णय पनि गरेको छ ।

प्रतिकृया दिनुहोस