• बुधबार-माघ-२३-२०८१

राजस्व अनुसन्धान बुटवल : २ सय ६६ प्रशित राजश्व वृद्धिको दावी !


रुपन्देही । राजस्व अनुसन्धान कार्यालय बुटवलले आर्थिक वर्ष २०८१/८२ को पहिलो अर्ध वार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ । कार्यालयले हालै जारी गरेको विवरणअनुसार गत आर्थिक वर्षको पौष मसान्तसम्ममा धरौटी संकलन रकम रु. २ करोड २२ लाख ८० हजार, १ सय ३३ रहेकोमा चालु आ.व.को सो अवधिमा २ सय ६६.५२ प्रशितले वृद्धि भएको छ ।


यो अवधिमा कार्यालयले रु. ८ करोड ३५ लाख ६२ हजार ५ सय ८९ संकलन गरेको जनाएको छ । कार्यालयले गत आर्थिक वर्षको पौष मसान्तसम्ममा २३ वटा विस्तृत अनुसन्धान सम्पन्न गरेको बताएको छ ।


चालु आवको सोही अवधिमा भने उजुरी संख्या ६५.२१ प्रतिशतले वृद्धि गरेर ३८ वटा विस्तृत अनुसन्धान सम्पन्न गरेको जानकारी दिएको छ । कार्यालयले गत आ.व.को पौष मसान्तसम्ममा दफा १३ क (२) वमोजिम आन्तरिक राजश्व र भन्सारमा कार्यालयमा रु. ७० लाख ६ हजार २ सय लेखी पठाएकोमा चालु आ.व.को सोही अवधिमा १ सय १८.६४ प्रतिशतले वृद्धि गर्दै रु. १ करोड ५३ लाख १८ हजार ९७ को पुर्याएको जनाएको छ ।


यस्तै, गत आवको पौष मसान्तसम्ममा विदेशी विनिमय अपचलनतर्फ रु.७२ लाख १३ हजार ३ सय ६८ धरौटी संकलन गरेकोमा चालु आवको सोही अवधिमा ४७.३४ प्रतिशतले बृद्दि गरी रु. १ करोड ६ लाख २८ हजार ३ सय ६० पुर्याएको दावी गरेको छ । विदेशी विनिमय अपचलनतर्फ कार्यालयले जिल्ला अदालतमा दायर गरिएको मुद्दा संख्यामा ५० प्रशितले वृद्धि भएको जनाएको छ ।


गत आवको पौष मसान्तसम्म कार्यालयले सोही अवधीमा २ वटा गरेकोमा सोही अवधिमा यतिखेर तीनवटा मुद्दा अदालतमा दायर गरेको बताएको छ । गस्ती परिचालनतर्फ गत पौष मसान्तसम्ममा ७ पटक भएकोमा अहिले भने  यो अवधिमा ५७.१४ प्रतिशतले वृद्धि गरेको जनाएको छ ।


यो अवधीमा ११ पटक गरेको दावी कार्यालयको रहेको छ । यो अवधिमा १ हजार ३ सय ५० बोरा तस्करीको चिनी नियन्त्रणमा लिएको र त्यसबापत करिव ८० लाख धरौटी रकम जम्मा गरेको अवस्था छ । कार्यालयले पाँच पटक तस्करीको कपडा पक्राउ गरी संलग्न व्यक्तिहरुलाई थुनामा पठाएको छ । जसबापत कार्यालयले करिब १ करोड राजस्व संकलन गरेको बताएको छ ।


 उत्तरी छिमेकी मुलुक चीनबाट २६ हजार अबैध भेप आयत गरेर अवैध रुपमा भारत पठाउन लागेको अवस्था पक्राउ गरेको थियो ।  जसबाट करिव १ करोड २० लाख बिगो÷राजस्व असूली गर्दै उनीहरु बिरुद्द मुद्दा दर्ता गर्ने तयारीमा कार्यालय लागेको बताइएको छ ।


भन्सारबाट पास भइ आएको विशेष आर्थिक क्षेत्र, भैरहवाको  ब्रिलियन्ट लाइटिङ्ग प्रा.लि को गाडी चेक जाँचकाक्रममा कैफियत भेटिएपछि पक्राउ परेको थियो । राजश्व छलीको आशंकामा १ करोड १५ लाख धरौटी जम्मा गर्न लगाएको र तत्कालै उक्त प्रालिबिरुद्द मुद्दा दर्ता गर्ने तयारी भइरहेको कार्यालयले जनाएको छ ।

 

टोयटाको आधिकारिक बिक्रेता शुभ लक्ष्मी अटो लिंकमा छापा मारेर कैफियत फेला फारेपछि कार्यालयले १ करोड ९ लाख माग धरौटी दाबीसहित मुद्दा दर्ता गर्ने तयारीमा जुटेको छ । उक्त प्रतिवेदन राजश्व अनुसन्धान बिभागमा पेश भईसकेको कार्यालयस्रोतले जानकारी दिएको छ ।


अवैधरुपमा ह्विस्कीको बिर्कोलगायत नक्कली मदिरा उत्पादन गर्ने सामग्री पक्राउ गरी १ करोड २० लाख बराबर जरीवानसहितको मुद्दा अदालतमा दायर हुनेक्रमममा रहेको र सो धन्दामा संलग्नलाई प्रहरीको जिम्मा लगाएर थुनामा पठाएको कार्यालयले जनाएको छ । कार्यालयले अलिम इन्टरप्राइजेजमा छापा मारी स्टक वुक, माल सामान तथा खरिद बिक्रि खाता भिडान गर्दा फरक परेको पाइएको थियो ।


 त्यसपछि कार्यालयले २०८१ मघ १५ गते प्रोपाइटर अलिम मियाँलाई ३ करोड ४३ लाख ३९ हजार ४ सय ३३ रुपैया विगो कायम गरी सो बराबरको शतप्रतिशत जरिवाना र हदैसम्म कैदको मागदावीसहित अभियोगपत्र उच्च अदालत तुलसीपुर बुटवल ईजलासमा दर्ता गरेको छ । राजश्व छलीको आशंकाम करिव डेढ दर्जन गाडी चेक जाँचका क्रममा १ करोड ५० लाख भन्दा बढि राजस्व संकलन गरिएको कार्यालयले दावी गरेको छ ।


भिसीटिएस चेकजाँच गर्दा अपचलनमा गरिएको जरिवाना रकम ५० लाख भन्दा बढी भएको कार्यालयस्रोतले जनाएको छ । बिदेशी बिनिमय भारु २३ लाख ७५ हजार पक्राउ गरी करिव १ करोड ४० लाखको बिगो असूली गर्दै मुद्दा दायर गर्नेक्रम अन्तिम चरणमा रहेको बताइएको छ ।

 

कपिलवस्तुबाट काठमाडौ लैजाँदै गरेको ३१ तोला अवैध सुन गरेको पक्राउ गरी ५० लाख मुल्य बरावरको जफत र ७५ लाख जरिवाना असूल गरेको कार्यालयले दावी गरेको छ । अनुसन्धान सम्पन्नपश्चात मुद्दा दर्ता गर्ने तयारी भइरहेको कार्यालयको भनाई रहेको छ ।


तस्करी नियन्त्रणको लागि रुपन्देहीको सीमा नाकामा रातभर १२ देखि ६ बजेसम्म हरेक दिन १ महिना देखि नियमित जिल्ला प्रशासन, प्रहरीसहितको संयुक्त गस्ती परिचालन गरिएको दावी कार्यालयको रहेको छ । तीन महिना देखि हरेक दिन नियमित र आकस्मिक गस्ती परिचालन भैरहेको छ । कार्यालयले सवै फाइलहरुको शाखागत जिम्मेवारी तोकेर अभिलेख व्यवस्थित बनाएको दावी पनि गरेको छ ।


 विगत करिब तीन ३ बर्ष देखि टुङ्गिएको मुद्दाको सदर ५ करोड राज्यको खातामा जम्मा नभएको रकमलाई पनि यो अवधीमा गरिएको दावी कार्यालयले गरेको छ । हालसम्मका सवै पेन्डिङ बिदेशी बिनिमय मुद्दाहरुको अनुसन्धान टुङ्गयाएर अदालतमा मुद्दा दायर गरिएको कार्यालयको भनाई रहेको छ ।

 

प्रतिकृया दिनुहोस