• बुधबार-माघ-२३-२०८१

दुई थान भरूवा बन्दुकसहित तीन जना पक्राउ



सुदूरपश्चिम, २२ माघ : प्रहरीले धनगढी उपमहानगरपालिका–१८ एफगाउँबाट आज भरूवा बन्दुकसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई भारतीय र एक नेपाली छन् । 

 

भारतको लखिमपुरखिरी नउसर बस्ने ३२ वर्षीय रियासत अली, सोही ठाउँका ४० वर्षीय देशराज राना र धनगढी उपमहानगरपालिका–१९ का ३९ वर्षीय गुरूप्रसाद चौधरीलाई भरूवा बन्दुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्रसिंह बोहराले जानकारी दिनुभयो ।
 

उनीहरूको साथबाट दुई थान भरूवा बन्दुक र एक थान चक्कु बरामद गरिएको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढी, टीकापुर र भजनी क्षेत्रबाट भन्सार छली गरेर ल्याउँदै गरिएको रू आठ लाख २३ हजार ३० मूल्य बराबरको मालसामान बेवारिसे अवस्थामा बरामद गरेको छ ।  

 

सीमापारि भारतीय क्षेत्रबाट ल्याउँदै गरिएको अवस्थामा बरामद गरिएका सामानमा आइफोन र त्यसको कभर, डाटा केबल, राँगा, गोरू र डन्लप रहेको छ ।
–––

 

 

प्रतिकृया दिनुहोस