• शुक्रबार-चैत-१६-२०८०

प्रदेश २ मा दुई दिन बिदा


छठ पर्वको अवसरमा प्रदेश नं २ मा आज र भोलि सार्वजनिक बिदा दिइएको छ ।

 

मिथिलाञ्चलसहित तराई मधेशमा निष्ठापूर्वक मनाइने छठपर्वको अवसरमा प्रदेश नं २ सरकारले आज र भोलि (शनिबार) सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

 

प्रदेश सरकारले आज सूचना जारी गर्दै लोकआस्थाको पर्व छठका अवसरमा सम्पूर्ण प्रदेशवासीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेको छ ।

 

 

साथै कोरोना भाइरस सङ्क्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्य सतर्कता अपनाई छठ मनाउन सम्पूर्ण प्रदेशवासीसँग अपिलसमेत गरेको छ ।
 

प्रतिकृया दिनुहोस