• बुधबार-बैशाख-१२-२०८१

भरतपुरबाट रङ्गशालाका लागि रु डेढ करोड


चितवन, २ कात्तिक : गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई भरतपुर महानगरपालिकाले रु एक करोड ५० लाख प्रदान गरेको छ ।  महानगरपालिका प्रमुख रेनु दाहालले फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेललाई सो रकम बराबरको चेक आज हस्तान्तरण गर्नुभयो ।


 महानगरपालिकाले आन्तरिक स्रोतबाट विनियोजित रु चार करोडमध्ये पहिलो चरणमा रु ५० लाख र दोस्रो चरणमा रु एक करोड ५० लाख प्रदान गरेको हो । महानगर प्रमुख दाहालले  रङ्गशाला कोरोना कहरका बीचमा पनि तीव्र गतिमा अगाडि बढिरहेको बताउँदै निर्माण प्रगतिका आधारमा विनियोजितमध्येको रकम थप्दै लगिने जानकारी दिनुभयो ।


फाउण्डेशनका अध्यक्ष धुर्मुसले रकम ग्रहण गर्दै अन्य रकमका बारेमा आवश्यक समन्वय र सहजीकरण गरिदिन समेत आग्रह गर्नुभयो । रङ्गशाला भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माण भइरहेको छ । रासस

प्रतिकृया दिनुहोस