• शुक्रबार-बैशाख-१४-२०८१

कार्बाेहाइड्रेट्सयुक्त भोजनका यी फाइदा

 

तौल घटाउने हो भने कार्बाेहाइड्रेट्सयुक्त भोजनहरूको सेवन न्यून गर्नुपर्छ । कार्बोहाइडे«ट्सयुक्त भोजनले शरीरको तौल बढाउँदछ । तर सन्तुलितरुपमा यसको सेवन गर्ने हो भने तौल बढ्ने नभई तौल घटाउन मद्दत गर्दछ । जानौं यी पाँच चिजहरूले जसको सन्तुलित प्रयोगले तौल बढ्न दिंदैन र शरीरमा राम्रो मात्रामा कार्बाेहाइड्रेट्स पूर्ति गर्दछ । साथै, यी भोजनले शरीरमा भिटामिन, एन्टीअक्सिडेन्ट तथा मिनरल्सको पर्याप्तरुपमा पूर्तिसमेत गर्दछ । 


केरा : केराले शरीरलाई तुरुन्त शक्ति प्रदान गर्दछ । केरा स्वस्थ कार्बाेहाइड्रेट्सको राम्रो स्रोत मानिन्छ । त्यसैकारण सन्तुलितरुपमा केरा खान सकेमा शरीरको तौल बढ्दैन र घटाउनसमेत मद्दत गर्दछ । केरामा पोटासियमको राम्रो मात्रा हुने भएकाले यसले रक्तसंचारलाई राम्रो बनाउँदछ । यसबाहेक केरामा फाइबर, भिटामिन बी–६, म्याग्निज तथा प्रशस्त मात्रामा एन्टीअक्सिडेन्ट रहन्छ । थकाई लागेको अवस्थामा केरा खाँदा तुरुन्त इनर्जी प्राप्त गर्न सकिन्छ । 


मकै : मकैले शरीरको तौल घटाउन र शरीरलाई शक्ति प्रदान गर्न एकदमै राम्रो भूमिका खेल्दछ । यसमा स्वस्थ कार्बोहाइडे«ट्सका साथसाथै राम्रो मात्रामा फाइबर हुने गर्दछ । यसका कार्बाेहाइड्रेट्स राम्रो मात्रामा भएपनि शरीरमा तौल बढ्न भने दिंदैन । मकैमा भिटामिन सी, ल्यूटिन तथा जियान्थिन तत्व हुने गर्दछ, जुन आँखाको दृष्टिका लागि राम्रो मानिन्छ । त्यसैगरी यसमा हुने फाइबरले पेट सफा राख्ने, कब्जियत तथा अपचका समस्याहरूबाट मुक्त गराउँदछ । 


आलु : आलु भोजनमा सबैभन्दा बढी प्रयोग हुन्छ । तर आलुलाई नै सबैभन्दा अस्वस्थ भोजनका रुपमा लिइन्छ । वास्तवमा आलु कार्बाेहाइडे«ट्सको राम्रो स्रोत हो । बजारमा पाइने आलुचिप्स, फ्राइजजस्ता आलुका परिकार स्वास्थ्यका लागि राम्रो हुँदैनन् । तर घरमै तपाईले आलुको राम्रो पकवानहरू बनाएर खान सक्नुहुन्छ । आलुमा भिटामिन सी, पोटासियम, फाइबरलगायतका अन्य तत्वहरू हुने गर्दछ, जसले छाला, आँखालगायतका समस्याबाट बचाउन मद्दत गर्दछ । आलु खानाले तत्काल शक्ति प्राप्त गर्न सकिन्छ । तर आलुको प्रयोग सन्तुलित हुनुपर्दछ । 


हरियो केराउ : हरियो केराउलाई लो–कार्बाेहाइडे«ट्सयुक्त भोजन मानिन्छ । हरियो केराउ साइटोनयूट्रिएन्ट्सको राम्रो स्रोत हो । यसमा अधिकांश त्यस्ता एन्टीअक्सिडेन्टहरू रहेका हुन्छन् जसले क्यान्सर, मधुमेहजस्ता रोगबाट बचाउन मद्दत गर्दछ । हरियो केराउमा प्रोटीनको मात्रा पनि राम्रो हुने गर्दछ ।

 
ओट्स : ओट्स पनि कार्बोहाइड्रेट्सको राम्रो स्रोत हो । यसमा स्वस्थ कार्बाेहाइड्रेटसको मात्रा राम्रो हुने भएकाले डायटिसियनहरू तौल घटाउन बिहान नास्तामा ओट्स खाने सल्लाह दिन्छन् । त्यसैगरी यसले मेटाबोलिज्म राम्रो बनाउनुका साथसाथै रगतमा चिनीको मात्रालाई समेत नियन्त्रण गर्दछ । 

प्रतिकृया दिनुहोस