• बिहीबार-बैशाख-६-२०८१

सैनिकले अन्धाधुन्ध गोली चलाउँदा कङ्गोमा कम्तीमा १४ को मृत्यु


बुकावु, प्रजातान्त्रिक गणतन्त्र कङ्गो। प्रजातान्त्रिक गणतन्त्र कङ्गोको दक्षिणी किवु प्रान्तको साँगे शहरमा एक सैनिकले बिहीबार राति अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १४ जना सर्वसाधारणको मृत्यु भएको कङ्गोली प्रहरीले बताएको छ ।

 

कङ्गोली सैनिक स्रोतका अनुसार सैनिक सिपाहीले स्थानीय एक व्यक्तिको फोन चोर्न खोजेको र उक्त समय स्थानीय केही व्यक्ति अघि आई प्रतिकार गरेपछि झडप भएको थियो ।

 

आफ्नो सुरक्षाका लागि ती सिपाहीले साथमा रहेको पिस्तोल निकाली अन्धाधुन्ध गोली चलाएको बताइएको छ । घटनामा उक्त वस्तीका १४ स्थानीयहरूको मृत्यु भएको स्थानीय समाचारहरूले उल्लेख गरेका छन् । घटनामा अन्य कैयौँ व्यक्ति घाइते भएका छन् ।

 

प्रहरीले मृतकलाई पोष्टमोर्टम का लागि र घाइते सबैलाई उपचारका लागि उद्धार गरी अस्पताल पठाएको जानकारी गराएको छ । यस घटनाका सम्बन्धमा अनुसन्धान सुरू गरिएकाले थप विवरणहरू अनुसन्धानपछि आउने अधिकारीहरूले बताएका छन् । (रासस/सिन्ह्वा)

प्रतिकृया दिनुहोस