विकासका पक्षमा, निर्माणका पक्षमा, अनि थाकेका बहुसंख्यक जनता-जो अस्तव्यस्तता होइन, स्पष्टता खोज्छन्- उनीहरूका लागि ‘America Party’ अगाडि सर्छ।
अमेरिकाको राजनीतिक परिदृश्यमा अहिले वाम र दक्षिणको ध्रुवीकरणले आम नागरिक थकित भएका छन्। एकातिर उग्र प्रगतिवाद, अर्कातिर कठोर राष्ट्रवादबीच अल्झिएको देशलाई अब एउटा नयाँ विकल्प चाहिएको आवाज तीव्र बन्दै गएको छ। यही सन्दर्भमा "The America Party" ले आफूलाई 'Reset Button' अर्थात् पुनःसंरचनाको चाबीका रूपमा प्रस्तुत गरेको छ।
यदि अमेरिकाको 'थाकेको बहुमत' ले यो आन्दोलनलाई साथ दियो भने, 'America Party' केवल एक पार्टी होइन, नयाँ राजनीतिक संस्कार बन्न सक्छ।
यस पार्टीको मूल सन्देश छ–न वाम, न दक्षिण–अब अगाडि !
यसको केन्द्रीय दर्शन हो–"निर्माण गर्नेहरू, समाधान खोज्नेहरू, जिम्मेवारी बोक्नेहरूका लागि राजनीति फेरिनुपर्छ।"
एलन मस्कको चेतावनी: 'राष्ट्रिय ऋण दुई गुणा हो !'
"The national debt is actually double what people think it is because of our future obligations."
– Elon Musk
नेपाली अनुवाद – मूल सन्देशहरू
America Party isn’t left. It isn’t right. It’s forward.
अमेरिका पार्टी न त वामपन्थी हो, न दक्षिणपन्थी – यो अगाडि बढ्ने पार्टी हो।
For the builders, the doers, the tired majority who want clarity over chaos.
निर्माता, काम गर्नेहरू, अनि अस्तव्यस्तताभन्दा स्पष्टता चाहने थाकेका बहुसंख्यक जनताको लागि।
America Party is the reset button.
अमेरिका पार्टी भनेको पुनः सुरुवातको बटन हो।
Elon Musk: The national debt is actually double what people think it is because of our future obligations.
एलन मस्क: मानिसहरूले सोच्नेभन्दा राष्ट्रिय ऋण दोब्बर छ, किनभने हामीले भविष्यका दायित्वहरूलाई गणना गरेका छैनौँ ।
We are going to make the future good ! 🇺🇸
हामी भविष्यलाई राम्रो बनाउने छौँ !
टेस्ला, स्पेसएक्स र अब अमेरिकी राजनीतिको चर्चित टिप्पणीकार बनेका एलन मस्कले अमेरिका पार्टीको दृष्टिकोणमा समर्थन जनाउँदै अमेरिकी अर्थतन्त्रप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
उनको भनाइमा, "हामीलाई लागिरहेको राष्ट्रिय ऋणभन्दा वास्तविक ऋण अझ दोब्बर छ, किनभने भविष्यमा तिर्नुपर्ने दायित्वहरू हामीले हिसाब गरेका छैनौँ।" उनी भन्छन्, "We are going to make the future good!" अर्थात् "हामी भविष्यलाई राम्रो बनाउने छौँ !"
विश्लेषण:
के 'America Party' एउटा नयाँ शक्ति बन्छ ?
अहिले अमेरिकामा दुई प्रमुख दल – डेमोक्र्याट र रिपब्लिकन – का पारस्परिक आरोप–प्रत्यारोप र कार्यशैलीले राजनीतिक दिशामा भ्रम पैदा भएको छ। यस्तो पृष्ठभूमिमा 'America Party' को उदयलाई के Centrist Populism को नयाँ रूप मान्न सकिन्छ ?
निष्कर्ष
'America Party' को सन्देश र एलन मस्कको चिन्ता दुवैमा एउटै मूल सन्देश लुकेको छ — पुराना राजनीति, पुराना हिसाब, अनि उही पुराना दोषारोपणबाट मुक्त भएर अब समाधान खोज्ने समय आएको छ।
यदि अमेरिकाको 'थाकेको बहुमत' ले यो आन्दोलनलाई साथ दियो भने, 'America Party' केवल एक पार्टी होइन, नयाँ राजनीतिक संस्कार बन्न सक्छ।
एलन मस्कजस्ता प्राविधिक र उद्यमशील सोच बोकेका प्रभावशाली व्यक्तिहरूको समर्थनले यो अभियानलाई अझ बल मिलेको छ। यिनीहरू केवल आलोचना होइन, समाधान र भविष्य उन्मुख कार्यदिशाको पक्षमा बोलिरहेका छन्।
प्रतिकृया दिनुहोस